१५ मंसिर २०८१ शनिबार
image/svg+xml
कला

प्रधानको ‘हिमाल फेदीको मान्छे’

काठमाडौं – सेवानिवृत्त न्यायाधीश श्यामबहादुर प्रधानको नयाँ कृति ‘हिमाल फेदीको मान्छेको यात्रा’ सार्वजनिक भएको छ । राजधानीमा हालै आयोजित कार्यक्रममा मन्त्रीपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीलगायतले पुस्तक सार्वजनिक गरे।

लेखक प्रधानले सैनिक पेशाबाट सुरु गरेको करियर न्यायालयबाट टुंग्याएका हुन् । पुस्तकमा सात मुलुकको यात्रा वर्णन, युरोपेली इतिहासका केही महत्वपूर्ण घटनाक्रम तथा स्वदेशको इतिहास, धर्म, संस्कृति, अर्थ व्यवस्था, राजनीति, गृहस्थी जीवनका संवाद, मलेसिया र सिंगापुरमा बिताएका लाहुरे जीवनको सम्झना तथा केही दुर्गम जिल्लाका वर्णन आदि विषय समेटिएको छ। 

लेखक प्रधानका अनुसार पुस्तक बिक्रीबाट प्राप्त रकम आमा विद्या लक्ष्मी, पिता जुलुमबहादुर र आमा सान्नानी प्रधानको सम्झना स्वरूप परिवारको जेष्ठ सदस्यको नाममा रहेको कोषमा जम्मा गरी प्रत्येक वर्ष दसैंपछि अपांग, असहाय, गरिब विद्यार्थीको सहयोग र अन्य परोपकारी काममा खर्च गरिने छ।

लेखकले रोजीरोटीका लागि पराइभूमिमा दुःखकष्ट बेहोरिरहेका नेपालीहरूप्रति समर्पित गरिएको बताए ।  लेखक प्रधानका यसअघि ‘यात्रा अष्टे«लिया र न्युजिल्यान्डको, झझल्को स्वदेशको’ नामक नियात्रा डायरी प्रकाशन गरिसकेका छन्।

 

प्रकाशित: १६ आश्विन २०७५ ०५:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App