१५ मंसिर २०८१ शनिबार
image/svg+xml
फोटो फिचर

देशभरका शिवालयमा शतबीज छर्नेको भीड (तस्विर)

मार्गशीर्ष कृष्ण त्रयोदशीको अवसरमा काठमाडौंको पशुपतिनाथसहित देशभरका शिवालय मन्दिरमा शतबीज छर्नेहरूको भीड छ। प्रत्येक वर्षको बालाचतुर्दशीको अघिल्लो रातदेखि रातभर दीपदान गरी भक्तजनले दिवङ्गत पितृको आत्माको शान्तिको कामना गर्दै बत्ती बालेर जाग्राम बस्ने परम्परा छ। 

आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ। 

शतबीज भनिए पनि हाल सप्तबीज (धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो) छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवङ्गत आत्माले पाउने गरी सन्देश पुर्याउने गरिन्छ। 

तस्विर : रासस

प्रकाशित: १५ मंसिर २०८१ ०९:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App