६ आश्विन २०८१ आइतबार
image/svg+xml

बलेवा विमानस्थलको कालोपत्र सकियो, चैतभित्र हस्तान्तरण हुने

नियमित जहाज सञ्चालन गर्ने लक्ष्यसहित बलेवा विमानस्थल कालोपत्र गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधिले बताएका छन्।

पोखरा विमानस्थलः स्वागत र बिदाई गर्न ‘एप्रोन’ सम्मै!

पोखरा विमानस्थलमा स्वागत र बिदाईको लागि राजनीतिक दलदेखि व्यवसायिक समुह विमानस्थलको एप्रोनमै पुग्ने गर्छन्। एप्रोनमै पुगेर स्वागत र बिदाई गर्ने तथा तस्बिर खिच्ने गर्दा असहज हुने गरेको विमानस्थलका कर्मचारी बताउँछन्। बिदाई र स्वागत गर्न जहाजकै छेउमा पुग्ने, लामो समय लिएर सामुहिक तस्बिर खिच्ने, खादा लगाउने लगायतका गतिविधि गर्दा विमानस्थलको सुरक्षामा चूनौती थपिन सक्ने विमानस्थलका कर्मचारीको गुनासो छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘क्यालिब्रेशन फ्लाइट’ सकियो

बिहीबार र शुक्रबार दुई दिन भएको उक्त फ्लाइटका कारण अन्य उडानहरु भने नियमित हुन सकेका थिएनन्।

क्यालिब्रेसन फ्लाइटले उडान अस्तव्यस्त

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग परीक्षणका लागि भइरहेको यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट)का कारण बिहीबार उडान अस्तव्यस्त रह्यो।

टीकापुर विमानस्थल चाँडै सञ्चालनमा आउँछ: मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले टीकापुर विमानस्थल चाँडै सञ्चालनमा आउने बताएका छन्।

विदेशी मुद्रासहित भारतीय पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान क्षेत्रमा जाँच गर्ने क्रममा उनको झोलाबाट विदेशी मुद्रा बरामद गरिएको हो।

एक महिनामा सात किलो सुन बरामद

गत माघ १९ देखि फागुन ९ गतेसम्म दुई विदेशीसहित ११ जनाको साथबाट ७ किलो २३० ग्राम अवैध सुन बरामद गरिएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी भिमप्रसाद ढकालले जानकारी दिए।

इलामकाे फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट व्यावसायिक उडान सुरु

साताको दुई दिन हवाई सेवा दिने गरी तारा एयरलाइन्सले व्यावसायिक उडान थालेको हो। हरेक आइतबार र बिहीबार काठमाडाैं-इलाम-काठमाडौँ उडान हुनेछ। व्यावसायिक उडानकालागि तारा एयरलाइन्स र इलाम नगरपालिकाबीच सम्झौता भएको छ।

चराको हुलले ४५ मिनेटसम्म जहाज धावनमार्गमै रोकियो

चराका कारण हवाई उडान कतिसम्म प्रभावित हुन्छ भन्ने बुधबार पोखरा विमानस्थलको घटनाले देखाएको छ। पोखरा विमानस्थलको धावनमार्गमा आएका चराको हुलको अवरोधका कारण उड्ने अन्तिम तयारीमा रहेको जहाज झन्डै ४५ मिनेट विमानस्थलमै रोकिएको छ। केहीगरि थप तीनमिनेट उडान रोकिएको भए जहाजको बासै पोखरामा हुन्थ्यो।

सुर्खेत विमानस्थल विस्तारको तयारी

सरकारले सुर्खेत विमानस्थल विस्तारको तयारी थालेको छ। हालको विमानस्थलको उत्तरतर्फ १२.४३ विघा जमिन अधिग्रहण गरेर विमानस्थल विस्तारको तयारी गरेको हो।

वैशाख १ गतेदेखि भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरु हुन्छ: मन्त्री आले

आज उक्त विमानस्थल निरीक्षणका लागि भैरहवा आइपुगेका उनले यस विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु भए यहाँका नागरिकलाई सहज हुने बताएका हुन्।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक परीक्षण उडान सुरु

बिहीबार बेलुकी आएको एरो थाईको विमानबाट यान्त्रिक परीक्षण उडान थालिएको हो। शुक्रबार मध्यान्ह १२ बजे र अपरान्ह ५ बजे यान्त्रिक परीक्षण उडान गरिएको थियो। यो उडान हरेक दिन दुई सिफ्ट सञ्चालन गरिने विमानस्थलका महाप्रवन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए।

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको ढोका खुल्दै

आजदेखि परीक्षणका लागि एक सातासम्म यान्त्रिक उडान हुने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी बुद्ध पूर्णिमाको दिन (२०७९ जेठ २) देखि व्यावसायिक उडान।

निजगढ विमानस्थलको मुद्दा नटुंगिँदा अन्योल

निजगढको वन मासेर विमानस्थल बनाउने सरकारी निर्णय कार्यान्वयन भए त्यसबाट दीर्घकालीन अपूरणीय क्षति हुने दाबी रिटमा गरिएको छ। सरकारले विमानस्थल बनाउन रूख काट्न नपाउँदा दुई वर्षदेखि सर्वोच्चको निर्णय कुरेर बस्नुपरेको छ।

गठबन्धन सरकारको मन्त्री र नेताद्वारा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण

नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा नेतृत्व सरकारका तीन जना मन्त्री र सरकारमा सहभागी बनेका दलका नेताहरू सहभागी टोलीले मंगलबार दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल टाँगिया बस्तीको निरीक्षण गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्