आलु किसानलाई १ अर्ब घाटा
अधिक हिउँदे वर्षाका कारण बाँके र बर्दियामा ५० प्रतिशतले आलु उत्पादन घट्ने अनुमान गरिएको छ। आलु उत्पादनमा असर गरेपछि यस क्षेत्रका किसानलाई १ अर्ब भन्दा बढी घाटा हुने आँकलन छ।
अधिक हिउँदे वर्षाका कारण बाँके र बर्दियामा ५० प्रतिशतले आलु उत्पादन घट्ने अनुमान गरिएको छ। आलु उत्पादनमा असर गरेपछि यस क्षेत्रका किसानलाई १ अर्ब भन्दा बढी घाटा हुने आँकलन छ।
योजना आयोग आधारपत्रमा मानव विकासको शीर्षक थप्छ, विद्यालयहरू विद्यार्थीलाई शुल्क असुलीको स्रोत बनाउन छाड्दैनन्। जनशक्तिलाई बजारसँग जोड्ने कुरा त कता हो कता ?
अर्थमन्त्री डा. युवराज खतिवडाले समावेशी आर्थिक विकासका लागि उत्पादनका साधनहरुमाथि सबैको पहुँच समान हुनुपर्ने बताएका छन्।
कम्पनीका अनुसार पटक–पटकको प्राकृतिक प्रकोपले सुरु लगानी मूल्यको ६० प्रतिशतभन्दा बढी लागत आयोजनाले नोक्सानी बेहोर्नु परेको छ। बाढीअघि आयोजनाको कुल मूल्य ९८ मिलियन अमेरिकी डलर (झन्डै १० अर्ब रुपैयाँ) थियो। पुनर्निर्माणपछि आयोजनाको कुल मूल्य १७ अर्ब रुपैयाँ पुगेको छ।
ओखलढुंगामा वर्षेनी कृषि उत्पादन घट्दो क्रममा छ। तीन वर्षयताको तथ्याङ्क हेर्दा जिल्लामा वर्षेनी कृषिका उत्पादन घटिरहेको देखिन्छ।
पुनर्निर्माणसँगै सञ्चालनमा आएको निजी क्षेत्रको सबैभन्दा ठूलो ४५ मेगावाट क्षमताको भोटेकोसी जलविद्युत आयोजनाले व्यवसायिक उत्पादन थालेको छ। भोटेकोसी पावर कम्पनीको स्वामित्वमा रहेको यो आयोजनाले दुई साताको परीक्षण प्रशारण समायावधि पूरा गरेपछि व्यवसायिक उत्पादन थालेको हो।
रुपन्देहीको सिद्धार्थनगर ३ बस्ने आशा गुरुङ भैरहवाको एक चिरपरिचित युवा हुन्। ४७ वर्षीय गुरुङ रोजगारी क्रममा जर्मनीबाट फर्किदा भैरहवावासीलाई नयाँ-नयाँ उदाहरण दिइरहे।
पुसको शरिर काप्ने जाडो। गादो र धोतील गाएर वीरेन्द्रनगरमा जारी महोत्सवको मूल गेट नजिकै राउटे समुदायका युवा दर्शकलाई नियाल्दै छन्। उनीहरू (राउटे युवा) को स्टल भन्दा नजिकैका स्टलमा सामान किन्नेको भीड छ। चिसो मा व्यापारले तताएको छ। यता भने नजिकै रहेका राउटे युवा भने शरीर काप्ने चिसोमा सामान किन्ने मान्छेको प्रतीक्षामा छन्।
मस्र्याङ्दी नदीमा पानीको बहाव घट्दैजाँदा मध्यमस्र्याङ्दी जलविद्युत आयोजनाबाट २५ मेगावाट विद्युत उत्पादन घटेको छ।
ठूला ब्यवसायी र बिचौलियाका कारण आफ्नो पेशा संकटमा परेको बाँके र बर्दियाका अण्डा उत्पादक किसानले गुनासो गरेका छन्। सरकारले अण्डाको मुल्य निर्धारण नगर्दा बिचौलियाले आम उपभोक्ता र साना किसानलाई मर्कामा पार्ने काम गरेको उनीहरुको भनाई छ। नेपाल अण्डा उत्पादक संघ बाँके र बर्दियाले नेपालगन्जमा सोमबार गरेको पत्रकार सम्मेलनमा ब्यवसायीले यस्तो गुनासो गरेका हुन्।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले साताव्यापी अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस २०१९ को उद्घाटन गरेका छन्। मन्त्री यादवले आप्रवासी कामदार दिवस २०१९ को अवसरमा सर्लाहीको हरिवनमा आयोजित ‘विदेशबाट आएको विप्रेशणको उत्पादनमूलक प्रयोगका लागि अवसर र चुनौती’ विषयक छलफल कार्यक्रम गमलामा पानी हालेर उद्घाटन गरेका हुन्।
राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्रका अनुसार आर्थिक वर्ष २०६४/६५ मा सुरु गरिएको प्याज मिसन कार्टान्वयनका लागि तराईका सिरहा, सप्तरी, सर्लाही, बारा, रूपन्देही, धनुषा, दाङ, पर्सा, बाँके र बर्दिया गरी १० जिल्ला चयन गरिएको थियो।
जिल्लामा खाद्य उत्पादन घट्दै गएको छ। खेती योग्य जमिन बाँझो, जंगली जनावरको आतंकले खाद्य उत्पादन घटेपछि जिल्लामा खाद्य संकट कायम रहेको छ।
मुलुककै निजी क्षेत्रको सबैभन्दा ठूलो ४५ मेगावाट क्षमताको भोटेकोसी जलविद्युत आयोजनाले शनिबारदेखि उत्पादन थालेको छ। विद्युत उत्पादनसँगै आयोजना परीक्षण प्रशारणमासमेत गएको छ।
संसदीय समितिमा परमाणु हतियार उत्पादन गर्न नदिने गरी विधेयकमाथिको छलफल अघि बढेको छ। प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा बुधबार भएको पारमाणविक विधेयकमाथिको छलफलमा विधेयकको नामकरण नै रेडियोधर्मी पदार्थको नियमनसम्बन्धी व्यवस्था मात्र राख्न सहमति जुटेको हो।