माथिल्लो सान्जेन जलविद्युत् आयोजना, असार मसान्तभित्र विद्युत् उत्पादन
रसुवामा निर्माण भइरहेको माथिल्लो सान्जेन जलविद्युत् आयोजनाले चालु आर्थिक वर्ष ०७६÷७७ भित्रै विद्युत् उत्पादन सुरु गर्ने भएको छ। आउँदो असार मसान्तभित्र विद्युत् उत्पादन गर्नेगरी कामलाई तीव्रता दिएको छ। आयोजनाको ८५ प्रतिशत भौतिक प्रगति भइसकेको छ। आयोजनाका अनुसार एक महिनाभित्र पावर हाउसमा मेसिनको स्टलेसनको काम सुरु हुने छ।