१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

स्वदेशमा उत्पादन बढ्दा फूल आयातमा कमी

विगत वर्षमा भन्दा यस वर्षको तिहारमा भारतबाट ल्याइने फूलको मात्रामा कमी आउने भएको छ। पछिल्लो समय व्यावसायिक रूपमा फूलखेती गर्नेको संख्या बढेको र यस वर्ष ठीक समयमै तिहार परेकाले आयात गरिने फूलको मात्रामा कमी आउने भएको हो।

कुलेखानी तेस्रोबाट विद्युतको उत्पादन शुरु

मकवानपुरको भीमफेदी गाउँपालिका– १ सानुटारस्थित निर्माणाधीन कुलेखानी तेस्रो जलविद्युत आयोजनाले आजबाट विद्युतको उत्पादन परीक्षण शुरु गरेको छ।

तोरीको बीउ अनुदानमा वितरण

जिल्लामा तोरी उत्पादन बढाउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ (तोरी जोन) दाङले अनुदानमा बीउ वितरण गरेको छ। दाङमा मूल बीउ उत्पादन र तोरी खेतीका लागि अनुदानमा तोरीको बीउ वितरण, सिँचाइ कुलो निर्माण, कृषकहरुलाई कृषि औजार वितरण, विभिन्न तालीम, भकारो सुधार लगायतको कार्यक्रम सञ्चालन गरेको छ।

उत्पादन वृद्धि नगरी कर्णालीको विकास हुदैँन : मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उत्पादनको वृद्धि नगरी कर्णालीको विकास हुन नसक्ने बताएका छन्। कालीकोटको खाँडाचक्र नगरपालिका–८ को जनप्रभात माध्यमिक विद्यालयमा नवनिर्मित भवनको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले सो कुरा बताएका हुन्।

दैनिक चार सय ५९ युनिट बिजुली निकाल्न सकिने

नदी, खोला र जंगल नै डम्पिङ साइडको रुपमा प्रयोग भइरहेको प्रदेश ५ मा सरकारले फोहोरको वैज्ञानिक व्यवस्थापन गरी ऊर्जा उत्पादन गर्ने भएको छ। नदी, खोला, जंगल डम्पिङ साइटको रुपमा प्रयोग भइरहँदा वातावरण प्रदुषण बढेपछि सरकारले फोहोरको वैज्ञानिक प्रयोगसहितको व्यवस्थापन योजना बनाएको हो।

एक साताभित्र व्यावसायिक उत्पादन

माथिल्लो त्रिशूली थ्रि ‘ए’ जलविद्युत् आयोजनाले एक साताभित्र व्यवसायिक उत्पादन सुरु गर्ने भएको छ। निर्माण सु्रु भएको साढे आठ वर्षपछि आयोजनाले व्यावसायिक उत्पादन सुरु गर्न लागेको हो।

गुणस्तर चिन्ह लिने उत्पादनको संख्या बढ्याे

नेपाल गुणस्तर चिन्ह लिने उद्योग तथा उत्पादन बढेका छन्। गत आर्थिक वर्षमा मात्र गुणस्तर तथा नापतौल विभागले ८३ उत्पादनलाई नेपाल गुणस्तर चिन्ह प्रदान गरेको छ।

यति कार्पेटले कात्तिकदेखि पुनः उत्पादन थाल्ने

आगालागीबाट पूर्णरुपमा नष्ट भएको यति कार्पेटले कात्तिकको पहिलो साताबाट पुन उत्पादन सुरु गर्ने भएको छ। करिब ६० करोड रुपैयाँको लगानीमा उद्योगको नयाँ प्लान्ट निर्माण सम्पन्न गरेर उत्पादनको तयारी गरिरहेको उद्योगले जनाएको छ।

पाकिस्तानमा कृषि उत्पादनको मूल्य आकासियो

आर्थिक संकटको पीडा खेप्दै आएको पाकिस्तानमा कृषि क्षेत्रका उत्पादनहरुको मूल्य अकासिएको छ। राष्ट्रिय ढुकुटी रित्तिदै जाँदा त्यसको असर कृषि क्षेत्रमा देखा परेको हो। हाल पाकिस्तानको मुद्रास्फीति दर दोहोरो अंक नजिक छ।

भोटेकोसी पुनर्निर्माण अन्तिम चरणमा, कात्तिकबाट उत्पादन

तीन वर्षअघिको बिनाशकारी भोटेकोसी बाढीले क्षतिग्रस्त निजी क्षेत्रको सबैभन्दा ठूलो ४५ मेगावाट क्षमताको भोटेकोसी जलविद्युत आयोजना पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ। ८० प्रतिशत पुनर्निर्माण सकिएको आयोजनाले आगामी कात्तिकदेखि पूर्ण क्षमतामा व्यवसायिक उत्पादन थाल्ने जनाएको छ।

‘आन्तरिक उत्पादन पर्याप्त’

सरकारले दसैं र तिहारमा खपत हुने मासुका लागि आन्तरिक उत्पादन पर्याप्त भएको दाबी गरेको छ। विगतमा यस्ता चाडपर्वमा भारत र चीनबाट खसीबोका आयात गरिने भए पनि यस वर्ष ती मुलुकबाट आयात पूर्ण रुपमा बन्द छ।

'स्वदेशी उत्पादनमा प्राथमिकता दिउँ'

अर्थमन्त्री युवराज खतिवडाले विदेशबाट आयातित विद्युतीय उपकरण बिक्री–वितरण मात्र नगरेर स्वदेशमै उत्पादन गर्न सुझाव दिएका छन्।

सहकारीको रकम उत्पादनमा लगाउनुहोस्– मन्त्री अर्याल

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मारकुमारी अर्यालले सहकारी क्षेत्रमा रहेको रकम उत्पादनमा लगाउन आग्रह गरकी छिन्। नेपाल सहकारी पत्रकार समाजको नवौं स्थापना दिवसका अवसरमा बिहीवार काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा यस्तो धारणा राखेकी हुन्।

एक सय तीन मेघावाट बिजुली थपिँदै

सोलु करिडोरअन्तर्गतका दुईवटा आयोजनाले चालु आर्थिक वर्षभित्रै विद्युत् उत्पादन थाल्ने भएका छन्। सोलुखुम्बु जिल्लामा निर्माणाधीन २३.५ मेघावाटको सोलु जलविद्युत् आयोजना र ८२ मेघावाटको तल्लो सोलु जलविद्युत् आयोजनाले चालु आर्थिक वर्षभित्रै उत्पादन थाल्ने जनाएका हुन्।

पिएलओको उत्पादन क्षमता दुई गुणा बढ्यो

पूर्वाञ्चल लुब्रिकेन्ट आयल (पिएलओ)ले उत्पादन क्षमता दुई गुणा बढाएको छ। दैनिक ६ हजार लिटर लुब्रिकेन्ट उत्पादन गर्दै आएको पिएलओले क्षमता बढाएर दैनिक १८ हजार लिटर पु-याएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्