१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

अण्डामा मासिक २१ करोड घाटा

उत्पादन लागतको आधारमा मूल्य नपाएकाले करोडौं रुपैयाँ क्षति बेहोर्नु परेको कुखुरापालक किसानले गुनासो गरेका छन्। प्रतिअण्डा उत्पादन लागत साढे १० रुपैयाँ पुगे पनि आठ रुपैयाँमा अण्डा बेच्नु पर्दा किसानले घाटा बेहोरेको अण्डा उत्पादक संघले जनाएको छ।

भारतबाट आयात गरिने अझै महँगो

एक्कासि चुलिएको तरकारीको मूल्यमा आन्तरिक उत्पादन बढेसँगै सुधार आएको छ। देशकै ठूलो कृषि उपज खरिद–बिक्री स्थल कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार पछिल्लो एक महिनामा अधिकांश तरकारीको मूल्य ५० प्रतिशतसम्म कम भएको हो।

दूध उत्पादनको लागि उपलब्ध गराएको अनुदान प्रभावकारी बन्दै

प्रतिलिटर दूध उत्पादनमा ३ रूपैया अनुदान उपलब्ध गराउने माडी नगरपालिकाको निर्णय प्रभावकारी देखिएको छ। गत आर्थिक वर्षदेखि लागू गरिएको अनुदानको व्यवस्थाले त्यहाँ कृषक पशुपालनतर्फ आकर्षित भएका हुन्।कृषकलाई पशुपालनमा प्रोत्साहन गर्न नगरपालिकाले आफ्नो आन्तरिक आयबाट हरेक वर्ष ६० लाख विनियोजन गर्दै आएको छ।

चीनको औद्योगिक उत्पादन घट्यो

चिनियाँ औद्योगिक उत्पादनसम्बन्धी दुई वटा सर्भेक्षणले चिनियाँ सामानको मागमा कमी आएको देखाएका छन्। अमेरिकासँग व्यापार र प्रविधि विषयमा जारी व्यापार युद्धले चिनियाँ औद्योगिक उत्पादनमा कमी आएको हो।

चीनको औद्योगिक उत्पादन घट्यो

चिनियाँ औद्योगिक उत्पादनसम्बन्धी दुई वटा सर्भेक्षणले चिनियाँ सामानको मागमा कमी आएको देखाएका छन् । अमेरिकासँग व्यापार र प्रविधि विषयमा जारी व्यापार युद्धले चिनियाँ औद्योगिक उत्पादनमा कमी आएको हो ।

गेम चेन्जर माथिल्लो अरुणका यस्ता छन् चुनौती

सरकारले लगानी र विद्युत् उत्पादनको हिसाबले उत्कृष्ट मानिएको माथिल्लो अरुण जलविद्युत् आयोजना सन् २०२२ देखि निर्माण थाल्ने कार्ययोजना अघि सारेको छ। तर, राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण हिस्सा ओगट्ने १०६१ मेगावाटको (पिकिङ रनअफ दी रिभर) अर्धजलाशययुक्त यो आयोजनाको तयारी भने सन्तोषजनक छैन।

किसानमा आश जगाउँदै किबी

मिल्दो हावापानी र असिनाको असर कम हुँदा यो वर्ष जिल्लामा किबी फल उत्पादन आसलाग्दो देखिएको छ। गतवर्षहरू भन्दा यो वर्ष किबी उत्पादन बढ्ने देखिएको किसानले बताएका छन्। किबी उत्पादन प्रवद्र्धनका लागि गतवर्षदेखि जिल्लाको मुख्य खेती हुने ठाउँमा परियोजना नै सञ्चालनमा छ।

गेम चेन्जर माथिल्लो अरुणका यस्ता छन् चुनौती

सरकारले लगानी र विद्युत् उत्पादनको हिसाबले उत्कृष्ट मानिएको माथिल्लो अरुण जलविद्युत् आयोजना सन् २०२२ देखि निर्माण थाल्ने कार्ययोजना अघि सारेको छ। तर, राष्ट्रिय अर्थतन्त्रमा महŒवपूर्ण हिस्सा ओगट्ने १०६१ मेगावाटको (पिकिङ रनअफ दी रिभर) अर्धजलाशययुक्त यो आयोजनाको तयारी भने सन्तोषजनक छैन। सरकारले लगानी र विद्युत् उत्पादनको हिसाबले महŒवपूर्ण आयोजना घोषणा गर्दै आए पनि सो आयोजना प्रभावकारी सञ्चालन गर्ने तयारी भने कछुवा गतिमै छ।

छ हजार मेट्रिक टन स्याउ उत्पादन

जुम्लाको पातारासी गाउँपालिकाकी चैती विष्टलाई आफ्नो बगैँचामा फलेका स्याउ टिप्न भ्याइनभ्याइ भएको छ। चन्दननाथ १० कि माया देवकोटा पनि एक सातादेखि बारीमा स्याउ टिप्न व्यस्त देखिएकी छन्।

‘एक घर, एक उत्पादन’मा जोड

शुक्लागण्डकी नगरपालिका–१२ ले स्थानीयलाई स्वरोजगार बनाउन ‘एक घर, एक उत्पादन’लाई प्राथामिकता दिएको छ। वडाले एक घर, एक उत्पादन अन्तर्गत मौरीपालन र टनेल खेतीलाई प्राथमिकता दिएको हो।

अलैंचीको नयाँ उत्पादन बजारमा,सन्तोषजनक छैन बजारमूल्य

गत वर्ष राम्रो आम्दानी लिन नसकेका अलैंची किसान तथा व्यावसायीलाई यस वर्षको आम्दानी पनि चित्त बुझ्दो नहुने संकेत देखिएको छ। अलैंचीको नयाँ फसल (उत्पादन) बजारमा आउँदा प्रतिमन २८ हजार रूपैयाँका दरले बजारभाउ तोकिएको छ।

टिकेन नयाँ जातको अलैंची

रोङ गाउँपालिका–६, जिर्मलेका किसान टेकबहादुर वाइबाले गत वर्ष २१ मन (प्रतिमन ४० किलो) सुक्खा अलैंची उत्पादन गरे। यो वर्ष पनि उनले अलैंची टिप्न थालेका छन्। तर, वाइबा भन्छन्, ‘उत्पादन घटेर बगानमा पस्ने जाँगरै छैन।’ नयाँ जातको अलैंचीले केही वर्ष त राम्रो उत्पादन दियो। तर, जति बगान पुरानो हुँदै गयो, उत्पादन घटेको घट्यै छ। ‘पहिलो र दोस्रोपटक राम्रै उत्पादन भए पनि तेस्रो पटकदेखि उत्पादनै हुन छाडेको छ,’ वाइबाले भने, ‘पहिलाजस्तो एकपटक रोपेपछि वर्षाैंसम्म फलिरहने आशा अब नगरे पनि हुनेरहेछ।’

सुनमा सीमा

प्रतिव्यक्ति आय ११ सय अमेरिकी डलर नपुगेको र कूल गार्हस्थ्य उत्पादन (जिडिपी) ३४ खर्ब वरपर रहेको हाम्रोजस्तो मुलुकमा सुन कारोबार वर्षमै १ खर्ब रुपैयाँ हाराहारीमा पुगेको छ। गत आर्थिक वर्षमा सुनको वैध आयात नै साढे ३४ अर्ब रुपैयाँ पुगेको छ। सुन कारोबारमा आधा हिस्सा अवैध आयातले ओगटेको बताइन्छ।

लक्ष्यअनुसार बिजुली खपत दर बढेन

सरकारले लोडसेङिङ अन्त्य गरेर २४सै घन्टा बिजुली आपूर्ति गरे पनि प्रतिव्यक्ति वार्षिक विद्युत् खपत दर बढाउन सकेको छैन। यसले गर्दा मुलुकमा पछिल्लो समय बर्खामा पर्याप्त जलविद्युत् उत्पादन भए पनि सोही अनुसार खपत हुन सकिरहेको छैन।

प्रदेश १ मा माटोमा अम्लीयपन बढी

पूर्वको प्रदेश १ का १४ जिल्लाको माटोमा अम्लीयपन बढ्दै गएको छ। धेरै माटोमा अम्लीयपन बढ्दै जानु र बाली–बिरुवालाई नभई नहुने नाइट्रोजन–फस्फोरसको मात्रा घट्दै गएकाले उत्पादन शक्तिमा पनि बर्सेनि कमी आउने गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्