गत आवमा ७५७ सर्किट किमि प्रसारण लाइन तयार
सरकारले लक्ष्यअनुसार जलविद्युत् उत्पादन गर्न नसके पनि प्रसारण लाइन विस्तारमा भने अपेक्षाकृत उपलब्धि हात पारेको छ।
सरकारले लक्ष्यअनुसार जलविद्युत् उत्पादन गर्न नसके पनि प्रसारण लाइन विस्तारमा भने अपेक्षाकृत उपलब्धि हात पारेको छ।
माथिल्लो त्रिशूली थ्रि ‘ए’ जलविद्युत् आयोजनाले उत्पादन गरेको सबै ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। शुक्रबार बिहान साढे ९ बजे यो आयोजनाको ३० मेगावाट बिजुली राष्ट्रिय प्रशारण लाइनमा जोडिएको हो।
राज ब्रुअरी प्रालि र विश्वप्रसिद्ध बियर निर्माता एन्ह्युजर–बस्क इनबेभबीच विश्वका केही ख्यातिप्राप्त बियर ब्रान्डको उत्पादन र बिक्री सम्बन्ध खास साझेदार सहकार्यको सम्झौता भएको छ।
हरेक वर्ष विदेशबाट कृषिजन्य वस्तु आयात बढिरहेको बेला गत वर्ष सवा करोड क्विन्टल कृषि उत्पादन बढेको छ। अनुकूल मौसम, सिँचाइ, मलको व्यवस्थाले गत आव ०७५/७६ मा एक करोड २४ लाख ४८ हजार क्विन्टल (१२ लाख ४४ हजार आठ सय २१ मेट्रिक टन) खाद्यान्न, तरकारी र उखुको उत्पादन बढेको कृषि तथा पशुपक्षी मन्त्रालयले जनाएको छ।
ओलीले ठूलो मात्रामा कृषि उत्पादन गर्न जोड दिँदै सहकारीमार्फत गरेको उत्पादनको बजार अभाव हुन नदिने बताए। ‘सहकारीले स्केल अफ प्रोडक्सन बढाउनुपर्छ,’ उनले भने, ‘उत्पादनले बजार पाएन भने प्रवद्र्धनमा सघाउछौं।’
माथिल्लो त्रिशूली थ्री ‘ए’ले बुधबारदेखि परीक्षण उत्पादन सुरु गरेको छ। पहिलो युनिटको परीक्षण गरिएको सवा दुई महिनापछि दोस्रो युनिटबाट परीक्षण उत्पादन सुरु गरिएको हो।
अर्थमन्त्री युवराज खतिवडाले आयात प्रतिस्थापन गर्दै निर्यात बढाउने सरकारको नीतिमा सघाउन निजी क्षेत्रसँग आग्रह गरेका छन्।
सहकारीलाई उत्पादनमा लगाउने योजना बनाइरहेको सरकारले सहकारीमार्फत चक्लाबन्दी खेतीलाई प्रोत्साहन गर्न सुरु गरेको छ।
सरकारले २०७२ सालमा ऊर्जा संकटकाल कार्ययोजना सार्वजनिक गर्दै तीन वर्षभित्र तीन हजार मेगावाट बिजुली उत्पादन गर्ने महत्वाकांक्षी योजना अघि सारेको थियो। त्यो घोषणा भएको तीन वर्ष बितिसक्यो। तर, घोषणाअनुरुप उत्पादन भएको छैन।
अग्नी र प्युठान सिमेन्ट उत्पादन गर्दैै आएको उक्त समूहले आफ्ना दुई सिमेन्ट उद्योगका लागि आवश्यक पर्ने क्लिंकर अपुग भएपछि क्लिंकर प्लान्टको क्षमता बढाउन लागेको जनाएको छ।
धितोपत्र बजारको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले उत्पादनमूलक कम्पनीलाई सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराई धितोपत्र बजारमा ल्याउन आफैंले पहल गर्ने भएको छ।
दूध उत्पादन र बजारीकरण सहकारीमा आवद्ध कृषकलाई प्रदेश ३ सरकारले एक करोड ५५ लाख रुपैयाँ प्रतिफलमा आधारित प्रोत्साहन अनुदान (आउटपुट बेस्ड सब्सिडी) वितरण गरेको छ।
यो वर्ष समयमा बर्खा सुरु नहुँदा अहिलेसम्म एक चौथाइ मात्र धान रोपाइँ भएको छ। असार मसान्तसम्म पनि धान रोपाइँ गर्न नसके बूढो बेर्ना रोप्दा उत्पादनमा आठ प्रतिशतसम्मले कमी आउन सक्ने अनुमान विज्ञहरुले गरेका छन्।
केन्द्रीय तथ्यांक विभागले हालै सार्वजनिक गरेको व्यावसायिक कफीखेती सर्वेक्षणले काभ्रेपलाञ्चोक जिल्लालाई कफी उत्पादनको परिमाण, संलग्न किसान र खेती क्षेत्रफलको आधारमा मुलुकभरमै धेरै कफी उत्पादक जिल्लाका रुपमा चित्रण गरेको छ।
रसुवा र नुवाकोटमा निर्माण भइरहेको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाले तोकिएको समय सीमाभित्र विद्युत् उत्पादन गर्न नसक्ने भएको छ।