टुकीकै भरमा धनिकार बस्ती
चारैतिर आधुनिक बिजुली बत्तीले झलमल उज्यालो रहे पनि महोत्तरी जिल्लाको पिपरा गाउँपालिका–३ स्थित धनिकार बस्ती का बासिन्दा वर्षौंदेखि टुकीकै भरमा जीवन बिताउँदै आएका छन्।
चारैतिर आधुनिक बिजुली बत्तीले झलमल उज्यालो रहे पनि महोत्तरी जिल्लाको पिपरा गाउँपालिका–३ स्थित धनिकार बस्ती का बासिन्दा वर्षौंदेखि टुकीकै भरमा जीवन बिताउँदै आएका छन्।
रौतहटको चन्द्रपुरमा निर्माण भइरहेको एकीकृत सन्तपुर नमूना बस्तीको निर्माण समयमै पूरा गरेर स्थानीयलाई हस्तान्तरण गर्न यतिबेला हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ आफ्नो समूहसँग दिनरात नभनी काम गरिरहेका छन् । धुर्मुस सुन्तली फाउन्डेसनले गरेको बस्तीको निर्माण समयमै पूरा गरेर हस्तान्तरण गर्न उनको समूहको सक्रियता बढ्दो छ ।
रौतहटको चन्द्रपुरस्थित सन्तपुरमा हाँस्यकलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली'ले निर्माण गरिरहेको एकीकृत नमुना सन्तपुर बस्तीको ८० प्रतिशत काम सम्पन्न भएको छ । असोजको २८ गतेबाट विविध रुपमा कम्पाउण्डको पर्खालबाट कार्य थालनी गरिएको बस्तीमा भ्यु टावर र मन्दिरको काम बाहेक अरु सबै कामहरु अन्तिम चरणमा पुगेको बताईएको छ ।
बस्तीभन्दा टाढा ग्यास उद्योग सञ्चालन गर्नुपर्ने मापदण्ड भए पनि धादिङमा सञ्चालित डेढ दर्जनजति यस्ता उद्योग बस्ती र राजमार्ग आसपास छन् ।
देउसी खेलेको पैसाले खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका दलितबस्तीमा वाईफाई विस्तार गरिएको छ। लितबस्तीलाई सञ्चारका माध्यमबाट संसारभर जोड्नका लागि गत तिहारमा देउसी खेलेर जम्मा भएको २५ हजार रकमको खर्चमा दलितबस्तीमा वाईफाई सेवा बिस्तार गरिएको हो।
पहिलो चरणको निर्वाचनको लागि भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको गृहमन्त्रालयले जनाएको छ। पहिलो चरणमा ३२ जिल्लामा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि सबै तयारी पुरा भएको गृह सचिव मोहनकृष्ण सापकोटाले बताए।
कमलु सदाको परिवार अझै पनि त्यो कहालीलाग्दो दिन सम्झेर भक्कानिन्छ । कोइलाडीको सिंगो मुसहरी टोल ९मुसहर बस्ती० ले नै साउन २९ लाई कालो दिनका रुपमा सम्झिन्छ । ‘त्यो दिन बाढीको रुपमा काल नै आएको थियो’, विमली सदा भन्छिन्, ‘त्यही बाढीले मेरो छोरा ९कमलु० लाई खायो । ९ महिना कोखमा राखेर जन्माएको छोराको सदगत गर्नसमेत सकिएन ।’
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ खजुवामा गएराति आएको जंगली हात्तीको बथानले स्थानीय बासिन्दाको घर भत्काउदा आठ परिवारको धानखेतीमा नोक्सानी गरेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट बस्तीमा छिरेको हात्तीको बथानले स्थानीय धनमतीदेवी खत्रीको कच्ची घर भत्काएको छ ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्र्तगत केन्द्रीय आयोजना कार्यान्वयन इकाईले यहाँ जोखिममा रहेका ४ गाउँपालिका पाँच बस्ती सार्न सुझाव दिएको छ ।
बारबरा शान्ति प्रतिष्ठान नेपालले हेटौंडा सामुदायिक आँखा अस्पतालको सहयोगमा सर्लाहीको सिसौटका बाढी डुबानमा परेका चमार, डोम र मुस्लिम समुदायका १ सय १३ परिवारलाई राहत वितरण गरेको छ।
देवाही गोनाही नगरपालिका–८ दोहरटोलका ६० वर्षीय शिवदयाल साह आकाशमा कालो बादल देख्नासाथ त्रसित हुन्छन्। गाउँको छेवैबाट बग्ने बकैया नदीले तटबन्ध कटान गरेपछि बाढीले गाउँमा विनाश लीला मच्चाएको दृश्य सम्झँदै आकाशमा पानी पर्ने लक्षण देख्नासाथ साह त्रसित बन्ने गरेका छन्। पानी परेर बकैयाको भेलले फेरि सयौँको उठिबास गराउने पो हो कि भन्ने त्रास साहको छ।
शनिबार बिहानदेखि उच्च बहाव रहेको बबई नदी बालापुर हुँदै बस्ती पसेको छ। बबई नदी बस्तीतिर सोझिएपछि सदरमुकाम गुलरिया उच्च जोखिममा परेको छ। नदी बस्ती पसेको खबरपछि गुलरिया बासी त्रस्त बनेका छन्।
उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका नयाँ बस्ती विकास भएको क्षेत्रमा गम्भीर प्रकृतिका आपराधिक घटना बढेका छन्। प्रहरीको संख्या कम रहेको र सुनसान क्षेत्र बढी भएकाले नयाँ बस्ती विकास भएका क्षेत्रमा आपराधिक घटना बढेको देखिएको हो।
कैलालीको टीकापुर र बर्दियाको राजापुर जोड्ने सत्तीघाटको पुल नजिकै कर्णाली नदीले धार परिवर्तन गर्दा बर्दियाको राजापुर नगरपालिकाका घुम्ना, शंकरपुर, मुक्त कमैया शिविर, भिमापुरलगायतका र कैलालीतर्फको श्रीलंका टापुका बस्ती जोखिममा परेका छन्
भूकम्पपछि जोखिमयुक्त पहिचान भएका बस्तीमा अब नयाँ पूर्वाधार नबन्ने भएको छ। ती बस्ती सुरक्षित स्थानमा सार्ने प्रक्रिया सुरु भइसकेका कारण नयाँ पूर्वाधार नबनाउने सहमति सरोकारवाला निकायले गरेका हुन्।