२ मंसिर २०८१ आइतबार
image/svg+xml

१५ सय पुललाई ११ अर्ब अपुग

विकास बजेट कम खर्च हुनुको कारणमा खर्च गर्नसक्ने आयोजनाले बजेट नपाउने र काम नहुने आयोजनामा बजेट थुप्रनुलाई लिइएको छ।

दर्शनको निर्णायक गोलमा एनआरटी विजयी

युवा खेलाडीले राम्रो खेले र काउन्टर पनि सिर्जना गर्न सफल भए,’ प्रशिक्षक तामाङले भने, ‘आज हार्न नहुने थियो र बराबर गर्न सफल भयौं।’ दायाँ कर्नरबाट राजेश परियारको उत्कृष्ट क्रसमा पेनाल्टी बक्सको मध्यभागमा रहेका दर्शनले वान टच गर्दै गोल गरेका थिए। त्यो गोल नै एनआरटीलाई तीन अंक दिलाउन पर्याप्त बन्यो।

जोन्सको निर्णायक गोलमा लिभरपुल विजयी

युवा मिडफिल्डर क्रुटिस जोन्सको निर्णायक गोलमा एभर्टनमाथि १–० को जित हात पार्दै लिभरपुल आइतबार एफए कपको अघिल्लो चरण प्रवेश गरेको छ। घरेलु मैदान एन्फिल्डमा भएको खेलमा लिभरपुल एकेडेमीका खेलाडीले एभर्टनलाई मर्सीसाइड डर्बीमा हारको स्वाद चखाएका हुन्।

लिभरपुलको अपराजित यात्रा

इङ्लिस प्रिमियर लिगमा बिहीबार लिभरपुलले घरेलु मैदानमा सेफिल्ड युनाइटेडलाई २–० ले स्तब्ध बनाउँदा जारी लिगमा अपराजित यात्रा कायमै राखेको छ। यस जितसँगै लिभरपुलले उपाधि यात्रालाई थप मजबुत बनाएको छ।

पुल अलपत्र, ठेकेदार बेखबर

सेती नदीको पानकोटमा निर्माणाधीन पक्की पुल ठेकेदारको लापरबाहीका कारण एक वर्षदेखि अलपत्र परेको छ। पुल निर्माणका लागि पेश्की लिएका ठेकेदार लामो समयदेखि बेखबर भएका छन्।

शिलान्यासको ६ महिनापछि पुलको काम सुरु

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र दिप्रुङ चुईचुम्मा गाउँपालिका जोड्ने साप्सु खोलामा मोटरेबल पुलको काम शिलान्यास भएको ६ महिनापछि सुरु गरिएको छ।

अव्यवस्थित सडक ट्र्याकले झोलुंगेपुल जोखिममा

गण्डकी गाउँपालिका–६ र बेनीघाट रोराङ गाउँपालिका–१० जोड्ने त्रिशूली नदीको झोलुंगे पुल अव्यवस्थित रूपमा खनिएको सडक ट्र्याकले जोखिममा परेको छ। पुलको गोरखातर्फ खनिएको कच्ची सडकले पुल अड्याइएको जिप र स्ल्याबमा समेत क्षति पुगेको हो।

शिलान्यासको अढाई वर्ष हुँदासमेत सुरु भएन पुलको काम

२०७४ भदौ ३१ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले शिलान्यास गरेको उदयपुर र खोटाङ तथा उदयपुर र भोजपुर जोड्ने सुनकोसीका २ वटा मोटरेवल पक्की पुलको निर्माण कार्य झण्डै अढाई वर्ष बित्न लाग्दासम्म केही भएको छैन।

सुनसरी–मोरङ करिडोरका उद्योग बन्द हुने अवस्थामा

सीमावर्ती भारतको जोगवनीस्थित मिरगञ्ज पुल मर्मतका लागि बन्द भएपछि सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योग कच्चा पदार्थ अभावले बन्द हुने अवस्थामा पुगेका छन्।

पिल्लरमुनिबाट निकालिए दर्जन रूखका मुढा

दशकयता निर्माणाधीन उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सुन्दरपुर शिवाईस्थित त्रियुगा नदीको पक्की मोटरेबल पुल यस वर्ष बन्ने भएको छ।

लिपुलेकमा चिप्लिएको नेपाल

दुईजना अध्यक्ष भएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको चिन्तनमा देशको ‘भूराजनीतिक अवस्थितिको संवेदनशीलता’ ले बल्ल प्रवेश पाएको छ। पछिल्लो हप्ता पार्टीको स्थायी समितिको बैठकमा संयुक्तरूपमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा ‘विश्व परिस्थितिका संकेतहरू नेपालसमक्ष एकसाथ चुनौती र सम्भावना बोकेर आएको’ उनीहरूले स्वीकार गरेका छन्। तर यो अत्यन्त संवेदनशील अवस्थालाई कसरी सम्बोधन गर्ने भन्नेबारे प्रतिवेदन मौन छ। उदीयमान परिस्थितिको पहिचान त भएको छ तर यसलाई नेपालको हितमा कसरी सम्बोधन गर्ने भन्ने मूल प्रश्नलाई अनुत्तरित छाडिएको छ।

त्रिशुली नदीमा निर्मानाधिन पुल अलपत्र

एक वर्षअघि पृथ्वी राजमार्गको मलेखु र आरुवासटारलाई जोड्न त्रिशुली नदीमाथि निर्माण भइरहेको पक्की पुल अलपत्र परेको छ। दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सुरु भएको पुलको काम अहिलेसम्म १० प्रतिशत मात्रै भएको छ। धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ मलेखु र सिद्धलेक गाउँपालिका– ४ आरुवासटार जोड्ने गरी पुल निर्माणको ठेक्का महाविर नीलगिरी नेशनल जेभीले लिएको थियो।

झोलुंगे पुलले दुई घण्टाको यात्रा १० मिनेटमै

भेरी नदीमाथि पुल नहुँदा साबिकको घुमखहरे गाविसबाट सहारे आउन दुई घण्टासम्म पैदल यात्रा गर्नुपथ्र्यो। भेरीको जंघार तर्ने क्रममा जोखिम मोल्नुपथ्र्यो। अहिले आँपसोतीमा पुल बनेपछि दुई घण्टाको यात्रा १० मिनेटमा झरेको छ भने जोखिम पनि टरेको छ।

अढाई वर्षसम्म बनेन पुलको डिजाइन

क्षमता,र उपकरण भएको ठहर गरी ठेक्का सम्झौता गरिएको निर्माण कम्पनीलाई अहिले वस्तुगत आधार पेस गर्न भन्नुमा आशंका उत्पन्न भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्