टीकापुर नगरपालिकाको नवौं नगरसभा पुनः स्थगित
टीकापुर नगरपालिकाको नवौं नगरसभा वडा विभाजनमा सहमति जुट्न नसकेपछि आज पुनः स्थगित भएको छ। नगरसभा असार १९ गते १ बजेसम्मका लागि स्थगित भएको सदस्य सचिव मोहन अर्यालले जानकारी दिए। असार ६ गते सुरु भएको नगरसभा यसअघि १० गते समेत स्थगित भएको थियो।