१९ आश्विन २०८१ शनिबार
image/svg+xml
शिक्षा

धरानमा सबै परीक्षा स्थगित

आजदेखि कक्षा ५ देखि माथिको परीक्षा लिने तयारी गरेपनि चौतर्फी आलोचना भएपछि धरान उपमहानगरपालिकाले स्थगित गरेको छ।  

सरकारले पुर्वनिर्धारित सबै परीक्षाहरु रोक्ने निर्णय गरेपनि हिजो (सोमबार) धरान उपमहानगरले भने कक्षा ५ देखि माथिको पाँच बिषयको परीक्षा लिने निर्णय गरेको थियो। कोरोना महामारीको बेला सरकारको निर्णय विपरीत परीक्षा लिने भएपछि उपमहानगरको आलोचना भएको थियो।

अन्ततः उपमहानगर चौबिस घण्टा पनि नबित्दै आफ्नो निर्णयबाट पछि हटेको छ। ‘कक्षा ५ देखि माथिको परीक्षा लिने भन्ने निर्णय थियो, अहिलेलाई स्थगित गरिएको छ,’शिक्षा महाशाखा प्रमुख रत्नबहादुर कटवालले भने।

उपमहानगरले कक्षा ४ सम्म परीक्षा नलिने र आन्तरिक मुल्यांकन गरेर रिजल्ट सिट निकाल्ने निर्णय गरेको थियो। यस्तै, कक्षा ५ देखि माथि नेपाली, अंग्रेजी, गणित, विज्ञान र सामाजिक बिषयको परीक्षा बैशाख १८ गतेभित्र सक्ने निर्णय गरेको थियो। 

प्रकाशित: १४ वैशाख २०७८ ०६:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App