७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

अविश्वास प्रस्ताव निर्णयार्थ प्रस्तुत नगरी प्रदेशसभा बैठक स्थगित

बैठक स्थगित भएपछि बाहिरिँदै प्रदेशसभा सदस्य । तस्बिरः उमेश पुन÷नागरिक

गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको छ । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङबिरुद्ध परेको अविश्वास प्रस्ताव निर्णयार्थ पेश गर्ने कार्यसूचीमा भएपनि सो प्रस्ताव प्रस्तुत नगरी संसद बैठक स्थगित गरिएको हो । बैठक स्थागित भएको संसद सचिवालय श्रोतले जनाएको छ । अर्को सूचना नआएसम्मका लागि बैठक स्थगित भएको संसद सचिवालयले टाँस गरेको सूचनामा उल्लेख छ ।

 राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही बेपत्ता भएपछि जनमोर्चाकै अर्की सांसद पियारी थापाले उनको खोजि गरिदिन आग्रह गर्दै संसद सचिवालयमा निवेदन दिएकी थिईन् । सत्ता पक्षले अपहरण गरेको आशंकामा उनले खोजिका लागि सचिवालयमा निवेदन दिएको बताइएको छ । लगत्तै संसद सचिवालयले बैठक स्थगित गर्ने निर्णय गर्दै सूचना टाँस गरेको बताइएको छ ।

प्रकाशित: १५ वैशाख २०७८ ११:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App