९ आश्विन २०८१ बुधबार
image/svg+xml
शिक्षा

विद्यार्थीको भौतिक उपस्थिति रहने पठन–पाठन स्थगित

कोभिड–१९ को संक्रमणलाई मध्यनजर गर्दै खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले पठन–पाठन बन्द गरेको छ । विद्यालयमा हुने भिडभाडका कारण एक अर्कालाई कोरोना सर्ने त्रास बढेकाले नगरपालिकाले विद्यार्थीको भौतिक उपस्थिति रहने पठन–पाठन तथा पुर्वनिर्धारित सबै प्रकारका परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको हो । निमित्त प्रमुख प्रशासकीय अधिकृत रबिकिरण आचार्यले बुधबार जारी गरेको सूचनामा पठन पाठन बाहेकका विद्यालय प्रशासनका अन्य कामकाजहरु भने अनिवार्य खुला राख्नुपर्ने उल्लेख छ ।  

यस्तै, कोरोना कहरलाई ध्यानमा राखेर बराहपोखरी गाउँपालिकाले पनि पठन–पाठन एवं परीक्षा बैसाख मसान्त सम्मका लागि स्थगित गरेको छ । बुधबार गाउँपालिका अध्यक्ष शालिकराम बञ्जराले सूचना जारी गर्दै भौतिक दुरी कायम गर्न र स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न पालिकाबासीलाई आग्रह गरेका छन् । दिप्रुङ चुईचुम्मा गाउँपालिकाले पनि चार दिनका लागि विद्यालयको पठन–पाठन बन्द गरेको छ । कोभिड–१९ को संक्रमण फैलने खतरालाई मध्यनजर गर्दै गाउँपालिकाले बैसाख १५ गतेदेखि बैसाख १९ गतेसम्म पठन–पाठन बन्द गरेको हो ।  

यस्तै, कोभिड–१९ को महामारीलाई मध्यनजर गर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले विद्यालय तहका सवै परीक्षा अनिश्चितकालका लागि स्थगित गरिसकेको छ । कोरोना भाइरसको महामारी बढिरहेको अवस्थामा नेपाल सरकारको बैसाख १३ गतेको मन्त्री परिषदको निर्णय अनुसार जिल्लाका स्थानीय तहले शैक्षिक क्रियाकलाप स्थगित गरिरहेको छ ।

प्रकाशित: १५ वैशाख २०७८ १३:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App