आत्महत्या दुरुत्साहनमुखी अनौपचारिक बैंकिङ तथा वित्तीय प्रणाली
केही साता अघि धदिङ्गमा एक जोडी परिवार आफ्ना लालाबाला सहित त्रिशुली नदीमा हेलिएको खबर सुनियो। पत्रपत्रिकामा आएका खबर अनुसार मिटर ब्याज तिर्न नसकेको कारण अन्य उपाय नपाएर सो परिवारले सामूहिक आत्महत्याको दर्दनाक बाटो रोजेको थियो।