१० मंसिर २०८१ सोमबार
image/svg+xml
अन्य

आत्महत्यामा बौद्ध दृष्टिकोण

बौद्ध अभ्यासमा शील, समाधि र प्रज्ञालाई आधार भूमिका रूपमा लिइन्छ। शील बलियो नभई समाधि सम्भव छैन भने शील र समाधिलाई बलियो नबनाई प्रज्ञा उत्पन्न हुँदैन। प्रज्ञा उत्पन्न हुनु भनेको बौद्ध अभ्यासमा पूर्णता प्राप्त हुनु हो। आध्यात्मिक उन्नतिका लागि मात्रै नभएर भौतिक उन्नतिका लागि पनि शील उत्तिकै आवश्यक हुन्छ। शीलबिनाको भौतिक उन्नति स्वयंका लागि अवनतिको बाटो हुन सक्छ। शील विभिन्न छन्। बौद्ध समाजमा शीललाई साधारणतः ‘पञ्चशील’ भनिन्छ। पञ्चशीलमा पनि पहिलो हो– साना–ठूला, आफ्नो–पराई, मन पर्ने–मन नपर्ने कुनै पनि प्राणीउपर आघात नगर्नू हो। सम्पूर्ण रूपको हिंसा यो शीलमा पर्छ। काया र वाक्बाट हुने हिंसा कानुनतः दण्डनीय मानिन्छ। बौद्ध दर्शनले यी दुईका अलावा चित्तलाई आघात पु¥याउनुलाई पनि हिंसा मानेको पाइन्छ। तसर्थ बौद्ध सन्दर्भमा हिंसा शब्दले व्यापक अर्थ ग्रहण गर्छ।

उसो भए आत्महत्यालाई कसरी लिने त ? आत्महत्यामा अरूको हानि हुँदैन, आफ्नै हानि हो। तसर्थ यसलाई हत्या–हिंसाका रूपमा लिइनुहुुँदैन भन्ने सोच वा अवधारणा बौद्ध धर्म दर्शनमा मान्य छैन। यो धर्म दर्शनले आत्महत्यालाई पनि एक प्रकारको हत्या नै मान्छ, यसलाई अन्यजस्तै अकुशल कर्मकै रूपमा लिन्छ। यस विषयमा विशेष सतर्कतासाथ बडो संवेदनशील भएर विमर्श गर्न नितान्त आवश्यक छ।

गौतम बुद्धले हामी प्राणी कसरी अस्तित्वमा आयौं, किन आयौं र कहिले आयौं भन्ने कुरामा खासै महŒव दिएको पाइँदैन। अझ कतिपय अवस्थामा यसलाई ‘अव्याकृत’ रूपमा छाडेको पाइन्छ। कतिपयले यी प्रश्नको जवाफ खोजिरहेका छन् तर त्यही खोजाइमा जीवन बित्नुबाहेक अरू उपलब्ध हुन सकेको छैन। यसको जवाफ पाइहाले पनि त्यसको सार्थकता हुँदैन। बुद्धका अनुुसार हामी जसरी जन्मन्छौं, त्यसरी नै मर्छौं। जन्म र मृत्युुबीचको समयलाई जीवन भन्छौं र जीवनभरमा गरिने कुशल कर्म र अकुशल कर्मको फलले अर्को जन्मको गति निर्धारण गर्छ। दुवै कर्मको फल यही जन्ममा भोग्छौं। कतिपय अकुशल कर्मको दण्डभागी यही जन्ममा हुन्छौं वा कानुनी कारबाहीबाट अनेक जालझेल गरेर फुुत्किन सफल भए पनि प्राकृतिक वा मानसिक रूपमा विक्षिप्त बन्नुपर्ने हुन्छ। यही विक्षिप्तावस्थामा अन्य अकुशल कर्म गर्न पुुग्छौं। यो कर्म सिद्धान्तमा फेलबदल गर्न सक्ने शक्ति वा हैसियत संसारमा कसैको पनि छैन। जीवनभर असल काम मात्रै गरेको र त्यसको पुुण्यबलले यही जन्म तथा अर्को जन्ममा पनि सुुगति प्राप्त भए पनि जन्म र मृत्युको चक्करमा घुुमिरहेका हुन्छौं। जसरी पनि यो भवचक्रमा घुुमिरहनुलाई बुद्धले ‘दुःख’का रूपमा परिभाषित गरेका छन्। बुद्धको जोड वा प्रमुख शिक्षा भन्नु यही ‘दुःख’को अन्त्य हो। प्राणीको अस्तित्व कसरी भयो भन्ने प्रश्नको जवाफ पाउँदैमा ‘दुःख’को अन्त्य हुने होइन।

‘हामी प्राणी’को अर्थ मनुष्य, जीवजन्तु वा चराचुरुंगी मात्रै होइन। अत्यन्तै साना र नांगो आँखाले देख्नै नसकिने कीटाणुुलाई पनि ‘हामी प्राणी’कै वर्गमा राखेर हेर्नुुपर्छ। बौद्ध धर्मले संसार भनेर नांगो आँखा वा भौतिक दृष्टिले जति देख्यो, त्यतिलाई मात्र मान्दैन। गौतम बुद्धले ३१ वटा लोकको व्याख्या गरेका छन् र त्यसमध्ये मनुुष्यलोक एउटा हो। मनुुष्य लोकभन्दा हीन अवस्थामा चार लोक हुन्छन्, जसमा नरक, प्रेत, पशुपक्षी र असूरहरू पर्छन्। यसरी नै देवलोक वा स्वर्ग भनिने ६ वटा लोकको पनि व्याख्या गरिएको पाइन्छ। रूप लोक अथवा सूक्ष्म साकार जगत् भनी १६ र अरूपलोक वा निराकार जगत् भनी अन्य चारवटा लोकको पनि व्याख्या गरिएको पाइन्छ। विभिन्न बौद्ध सम्प्रदायले यी लोकलाई आ–आफ्नै पाराले हेर्ने र बुुझ्ने भए पनि बहुुलोकको अस्तित्व मान्ने कुरामा विमति छैन। यसलाई ‘बुद्धिस्ट कस्मोलोजी’ पनि भनिन्छ। यस प्रकार ३१ लोकको व्याख्यामा पर्ने सबै प्राणीको मूलभूूत हैसियत एउटै हो। मनुुष्यभन्दा गतिलो गति भनिएको देवलोकका देवताहरू हुन् वा पशुुपक्षी र प्रेत गतिमा रहेका नै किन नहुन्, कर्म सिद्धान्तअनुसार प्राप्त भएको फल मात्रै हो, ती अस्थायी हुन्। ती स्वभावतः क्षय हुँदै गर्छ, कर्म सिद्धान्तअनुसार अन्य गतिमा जन्म लिइराख्नुपर्छ। यसअनुसार सबै प्राणीको मूलभूत हैसियत एउटै हो।

बौद्ध धर्म दर्शनले मनुुष्य गतिलाई उत्तम मान्छ। असल काम गर्ने र पुुण्य सञ्चय गर्ने प्रचुुर अवसर मनुुष्य गतिमा प्राप्त हुन्छ। व्यक्तिगत रूपमा दुःखबाट मुक्त हुने हैसियत राख्दाराख्दै अन्यलाई पनि दुःखबाट मुक्त बनाउने कार्यमा सहायक हुन बोधिसत्व मार्ग अवलम्बन गर्नेहरू प्रायः मनुुष्य गतिमै जन्म लिइरहेका हुन्छन्। बोधिसत्व मार्गमा लाग्न  प्रतीज्ञा गर्ने विधिलाई ‘बोधिप्रणिधान’ भनिन्छ, यो अवस्थाका लागि जो कोही पनि मनुुष्य गतिमा रहेको हुनुुपर्छ, यो विधि कुनै ‘सम्येकसम्बुद्ध’ समक्ष मात्रै हुुन्छ। बुद्धत्व प्राप्ति पनि मनुुष्य गतिमा मात्रै हुन्छ। तर मनुुष्य गति अत्यन्तै दुुर्लभ मानिन्छ। चाहँदैमा घरीघरी मनुुष्य गति प्राप्त हुँदैन तर पुुण्यको बलले गतिको छनोट गर्न नसकिने होइन।

बौद्ध धर्म दर्शनअनुसार दुःख सत्यलाई बुुझ्न, बिनाकारण दुःख हुँदैन भन्ने बोध गर्न र दुःखको अन्त्य गर्न सकिन्छ। अष्टांगिक मार्ग अवलम्बन गर्दा दुुःख अन्त्य हुन्छ, यो नै चार आर्यसत्य हुन्। चार आर्यसत्यलाई स्वीकार गरी त्यसलाई मार्गदर्शनका रूपमा अवलम्बन गर्नेहरू जोकोही बौद्ध हुन्। तसर्थ जोकोही खुुला रूपमा बौद्ध हुन सक्छन्। भवचक्रमा पिल्सिएर दुःखको अपार सागरमा डुुब्दै गरेको प्राणी त्यसबाट मुुक्त हुने अवसर भनेको मानव गति नै हो। यो सुुअवसरलाई छोप्नु भनेको दुःख सत्यलाई यथार्थ रूपमा बुुझ्नु हो। बुुझाइको यो क्षमता पशुुपक्षीलगायत प्राणीमा हुुँदैन। मनुुष्य गतिभन्दा राम्रो भनिएको देवयोनी प्राप्त गरेकाहरू पनि मोजमस्तीको जीवन बिताएर बिन्दास भएका हुन्छन्, चिन्तन–मनन गर्ने अवसर थोरै प्राप्त हुन्छ। यी सबैमा राग, द्वेष र मोह हुन्छ। यति हुुँदाहुँदै पनि मनुुष्य साधना गरेर यी कुराबाट मुुक्त हुन सक्छन्। यस्तो अपूूर्व अवसरलाई छाडेर हठात् आत्महत्या गर्नु अविवेकी निर्णय हो।

स्वच्छ र सन्तुलित मनस्थिति भएकाहरू आत्महत्या गर्दैनन्। जुनसुुकै कारण देखाएर आत्महत्या गरेको भए पनि त्यसको औचित्य पुष्टि हुँदैन। यो सदैव अनैतिक र अधार्मिक हुन्छ। नैराश्यतावश आत्महत्या गरेको भनेर सहानुुभूति त बटुुल्न सक्ला तर यो अकर्मण्यता हो। बहादुरी पनि होइन। आत्महत्या गर्ने बेलाको मनस्थिति भनेको व्याकुलता हो। लोभ, द्वेष, मोही आदिले पनि काम गरिरहेको मनस्थिति हुन्छ। यस्तो अवस्थामा मृत्युुवरण गर्दा अर्को जन्म असल स्थानमा हुन गाह्रो हुन्छ।

राम्रै कुराका लागि कसैलाई धम्क्याउन, घुुक्र्याउन तथा दबाबमा पार्न आत्महत्या गरेको भए पनि त्यसलाई आदर्श मान्न सकिन्न। यो अकर्मण्यता हो, साथसाथै बौद्ध दृष्टिकोणमा अकुशल कर्म पनि हो। आत्महत्या वा सामूहिक आत्महत्या गर्न उक्साउने व्यक्ति वा संस्था पनि पातकी नै हुन्छन्। यो शरीर केही होइन, महŒवपूूर्ण कुरा अरू नै छ भन्दै यो शरीरलाई तुच्छ ठानेर यसलाई कष्ट दिनु पनि उचित होइन। कसै कसैले त ‘कायोत्सर्ग’ भन्दै शरीरलाई यत्तिकै सुकाउँछन्। गौतम बुद्धले यसलाई पनि ‘मिथ्यादृष्टि’ नै मानेका छन्। आत्महत्या नै गर्न सक्नेले त्यही दृढता वा अठोट कसैको भलाइ वा ज्ञान प्राप्तिमा लगाएको भए सफलता वा पुुण्य सञ्चयको सम्भावना हुन्थ्यो भन्ने तात्पर्य गौतम बुद्धको रहेको बुझिन्छ।

प्रकाशित: ५ पुस २०७६ ०४:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App