नबालक छोरीलाई विष खुवाएर बुवाद्वारा आत्महत्या
कैलालीको गौरीगङ्गा नगरपालिका-५ का रामबहादुर कलेलले गएराति तीन वर्षीया छोरीको हत्या गरी आत्महत्या गरेका छन्।
कैलालीको गौरीगङ्गा नगरपालिका-५ का रामबहादुर कलेलले गएराति तीन वर्षीया छोरीको हत्या गरी आत्महत्या गरेका छन्।
आत्महत्या गर्नेको संख्या वर्षेनी बढ्दै गएको छ। गत महिनाको अन्तिमसाता मात्रै एक महिलाले झुण्डिएर आत्महत्या गरेकी छिन्। वेदकोट नगरपालिका–४ बैतडा निवासी २३ बर्षिया शान्ति विकले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेकी हुन्।
ओखलढुुङ्गामा आत्महत्या गर्नेको सङ्ख्या बर्सेनी बढेको छ। विगतको तुलनामा पछिल्लो समय जिल्लाभर आत्महत्या गर्ने सङ्ख्या बढेको हो।
मानसिक रोगमध्ये सबैभन्दा बढी चरम निराश हुनु हो भने युद्ध, हिंसा, आघातजन्य घटना, लाञ्छना र भेदभाव अनुभव गरिरहेका व्यक्तिमा पनि आत्महत्याको सम्भावना बढी हुन्छ।
यो नम्बरमा फोन गरेबापत कुनै पनि शुल्क लाग्दैन। हालको लागि यो सेवा नेपाल टेलिकमको नम्बर प्रयोगकर्ताको लागि मात्र उपलब्ध छ र निकट भविष्यमै एनसेल प्रयोगकर्ताको लागि पनि फोन गर्न मिल्ने सुविधा हुनेछ।
प्रहरीको आत्महत्याको तथ्यांक हेर्दा आत्महत्या गर्ने संख्या महिलाभन्दा पुरुष बढी रहेको धादिङका प्रहरी उपरीक्षक राजकुमार बैदवारले बताए।
नुवाकोटका १ सय ५२ जनाले आत्महत्या गरेका छन्। विश्व आत्महत्या रोकथाम दिवसको अवसर पारेर जिल्ला प्रहरी कार्यालय नुवाकोटले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आत्महत्या गर्नेमा महिला ७६, पुरुष ७१, बालक २ र बालिका ३ जना गरी १ सय ५२ जना रहेका छन्।
जिल्लामा वर्षेनी आत्महत्याका घटना बढ्दै गएकाले विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा मङ्गलबारदेखि रोकथाम अभियान शुरु गरिएको छ।
उन्मुक्तिको कुनै उपाय बाँकी नदेखी आत्महत्या गर्न बाध्य भएको वा पारिएको अवस्थालाई मात्र ‘दुरुत्साहन’ मान्न सकिन्छ।
हाँस्ने खेल्ने उमेरका किशोरकिशोरीहरुले पनि आत्महत्याको प्रयास गर्छन् र कतिले त साच्चै आत्महत्या गरेर जीवन लीला समाप्त पार्छन् भन्ने सुन्दा आश्चर्य लाग्छ । पहिले कमसेकम किशोरकिशोरीहरुमा यो समस्या देखिँदैन थियो केही फाट्टफुट्ट घटनाबाहेक त्यो पनि १६/१७ वर्ष को उमेरमा । १० वर्ष देखि १७ वर्ष उमेर समूहलाई किशोरावस्था मानिन्छ भने १८ वर्ष पुगेपछि युवावस्था ।
खोटाङका एक महिला र पुरुषले आज बिहान काठमाडौँ महानगरपालिका–८ गौशालास्थित भण्डारखालको जङ्गलमा आत्महत्या गरेका छन्।
पर्सामा बुवाआमाको गालीका कारण छोराले आत्महत्या गरेका छन् । वीरगञ्ज महानगरपालिका -२० अपौनीका १४ वर्षीय गोविन्दप्रसाद चौरसियाले झुण्डिएर आत्महत्या गरेका हुन्। सोमबार उनले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका हुन् ।
पीडितमध्ये विष्णुदेवी चौधरीले भनिन्, ‘मैले तीन वर्षअघि १ लाख मात्र ऋण लिएकी हुँ तर ५ लाखको कागज गराएको रहेछ। त्यतिले नपुगेर १४ वर्षीय छोरा हेम चौधरीका नाममा २० लाखको कागज बनाएर आदलतमा मुद्दा हालिएको छ।
अप्राकृतिक रूपमा जीवनलाई आफैं अन्त्य गर्ने कामलाई आत्महत्या भनिन्छ। प्रकृतिप्रदत्त जीवनलाई असामयिक रूपमा अप्राकृतिक तवरले अन्त्य गर्ने भएकाले यसलाई अपराधका रूपमा लिएको देखिन्छ। खासगरी आत्महत्या प्रयास वा संयुक्त रूपमा आत्महत्या गर्दा सहभागीमध्ये कुनै एक बाँचेमा ऊ सजायको भागिदार बन्छ। आफ्नो जीवनबारे आफैंले निर्णय गर्न पाउनुपर्छ भन्ने दृष्टिकोण एकथरीको पाइए पनि आत्महत्याले परिवार तथा समाजमा नराम्रो प्रभाव पार्ने भएकाले नै यसलाई निकृष्ट कार्य मानिएको हो। आत्महत्या बाहिर देखिने मुख्य कार्य भए पनि यसका भित्री कारण अनेक हुन्छन्, जसको समयमै उपचार भएमा आत्महत्या दर अवश्य घटाउन सकिन्छ।
जिल्लामा आत्महत्या गर्नेको सङ्ख्या बढ्दो क्रममा रहेको पाइएको छ। जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार आत्महत्या गर्नेहरुको सङ्ख्या बढ्दै गइरहेको हो।