११ मंसिर २०८१ मंगलबार
image/svg+xml

स्वस्थानी स्पष्टीकरण

१७ जनवरी २०१९ को दिनदेखि सामाजिक सञ्जालमा इसाई समुदायबाट पैसा लिई श्रीस्वस्थानी व्रतकथाद्वारा इसाई धर्मको प्रचार गरेको भनी ममाथि आक्षेप लगाई एउटा अभियान चलाइएको थियो। अब म पुस्तकमा दिइएका नयाँ टिप्पणीहरूको केही अंश यहाँ प्रस्तुत गर्छु:

मृत्यु संस्कार गर्न समस्या

किरात समुदायमा मृतकको शव गाड्ने परम्परा छ। यो समुदायमा राई, लिम्बू, याक्खा र सुनुवार पर्दछन्। सबै किरातीहरुको शव गाडिन्छ। किरात समुदायले राजधानीको पशुपतिको वनकाली क्षेत्रमा परापूर्वकाल देखि नै शव गाड्दै आएका छन्। तर, पछिल्लो समयमा पशुपति क्षेत्र विकास कोषले वनकाली क्षेत्र (मृगस्थली वन) मा शव गाड्न नदिएपछि किरात समुदायलाई मृत्यु संस्कार गर्न समस्या परेको छ ।

सोनाम ल्होछारको खान्की

तामाङ समुदायको विशेष चाड हो, सोनाम ल्होछार। माघ महिनामा पर्ने सोनाम ल्होछारलाई नयाँ वर्षको रुपमा तामाङ समुदायदले मनाउने गरेको पाइन्छ। सोनाम ल्होछारमा तामाङ क्यालेन्डर अनुसार यो वर्ष चरा वर्गबाट कुकुर वर्गमा सर्ने भएकाले नयाँ वर्षको रुपमा भव्यताका साथ मनाउने गरिन्छ।

टुँडिखेलमा तामाङ सांस्कृतिक महोत्सव हुने

सोनाम ल्होछार मूल आयोजक समितिले माघ २१ र २२ गते टुँडिखेलमा तामाङ साँस्कृतिक महोत्सव आयोजना गर्ने भएको छ। तामाङ समुदायको सांस्कृतिक पर्व तथा नयाँ वर्ष सोनाम ल्होछारको अवसरमा उक्त महोत्सव आयोजना गर्न लागेको हो।

स्वेच्छाले भोट हाल्न पाउँदैनन् दलित समुदाय

खत्याड गाउँपालिका ४ हिगोठीका जयलाल सार्कीको परिवार पुस्तौंदेखि अर्काको जमिनमा घर बनाएर बसेको छ। सदियौंदेखि जमिनदार अर्थात् रिथी (काम गरेबापत जग्गा उपलब्ध गराउने व्यक्ति) ले दिएको जमिनमा घर बनाएर बसेका छन्। घर बनाएपनि लालपुर्जा भने उनको नाममा छैन।

वादी समुदायका धेरै युवा नागरिकताविहीन

बाबुको पत्ता नलाग्दा वा वास्तविक बाबुले मेरो सन्तान हो भनेर स्वीकार नगर्दा वादी समुदायका धेरै युवा नागरिकताविहीन बनेका छन्। सो समुदायबारे छुट्टै अध्ययन नभएकाले सङ्ख्या यकिन नभए पनि नागरिकताविहीन युवाको सङ्ख्या बढ्दै गएको वादी समुदाय उत्थान समितिले जनाएको छ।

घट्दै राउटे जनसंख्या

पश्चिम नेपालमा फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदायका नागरिकलाई दैलेखको गुराँस गाउँपालिकाले पहिलोपटक २०७५ असार ३० गते स्थायी परिचयपत्र दियो। त्यतिबेला राउटेको जनसंख्या एक सय ४९ थियो। पुसको अन्त्यतिर उनीहरूलाई भत्ता वितरण गर्दा निकालिएको तथ्यांकका आधारमा एक सय ४५ जनालाई भत्ता वितरण गरियो।

पुनर्निर्माणमा व्यस्त दलित समुदाय

भूकम्पले थातथलोबाट खेदिएका नयनबहादुर बिक बाह्रविसेको खुर्साबारीस्थित कान्लेखेतमा घर बनाउन व्यस्त छन्। पुनर्निर्माण अन्तिम चरणमा पुग्दा घरले आकार लिएपछि उनी फुरुंग देखिन्छन्। नयनबहादुर गातीको कुखुरे गाउँका हुन्। भुँइचालोले घर मात्रै भत्काएन, बस्तीको चारैतिरबाट पहिरो लागेपछि उनी गाउँबाटै विस्थापित हुन बाध्य भए।

घले ल्होसारमा हर्षोल्लास

देश तथा विदेशका विभिन्न ठाउँमा छरिएर रहेका घले समुदायका मानिसहरू धादिङबेसीमा भेला भएर हर्षोल्लासका साथ घले ल्होसर मनाएका छन्। देशभरका ३६ जिल्ला र विदेशमा रहेका घलेहरू भेला भई आफ्नो ल्होसार मनाएका हुन्। घले जातिको हक हित र जातीय पहिचान संरक्षणका निम्ति स्थापित लिःल फङ (घले समाज)ले विविध सांस्कृतिक कार्यक्रमसहित घले ल्होसार मनाएको हो।

देशभरका घलेले धादिङमा मनाए ल्होसार

देश तथा विदेशका विभिन्न ठाउँमा छरिएर रहेका घले समुदायका मानिसहरू धादिङबेसीमा जम्मा भए। हर्षोल्लासका साथ घले ल्होसार मनाए। देशभरका ३६ जिल्ला र विदेशमा रहेका घलेहरू जम्मा भएर धादिङमा मनाए।

माघीमा रमाए मगर समुदाय

कलंकीका ४० वर्षे तिलक रोकामगर ढाका टोपी, कम्बरमा खुकुरी भिरेर कछार, पटुका र पैजान लगाई पैसरु नृत्य नाच्न व्यस्त थिए। उनीमात्र नभई मगर पोसाकमा सजिएका सयौं युवायुवतीहरू पनि यो नाचमा मस्त थिए। यीमध्ये कोहीको हातमा धनुष थियो। लुंगी, पटुका, चोला लगाएका कोही युवतीले सोली बोकेका थिए। बाजागाजाको मिठास बेग्लै थियो। मगर समुदायले मंगलबार टुडिखेलमा माघे संक्रान्ती मनाइरहँदा यस्तै दृश्य देखियो।

पश्चिम तराईमा माघीको रौनक

बाँके, बैजापुरका जितबहादुर थारुलाई यतिबेला माघीको रमझमले बेस्सरी छोएको छ। केहीदिन यता उनी आफन्त र ईष्टमित्रलाई भेटघाट गर्न तथा खानपिनमा ब्यस्त छन्। गाउँमा रातभर मादल र गीतका स्वर घन्किरहेका छन्। घर बाहिर रहेका परिवारका सदस्य तथा आफन्तको बाक्लो जमघट छ। गाउँमा जताततै माघीको रौनकता छाएको जीबहादुर बताउँछन्।

थारू समुदायमा ‘माघी’ रौनक

‘घरका जवान बुहारी उठ, आँगन बढार, कता छ कुचो, उठ बुहारी घर बढार।’ थारू समुदायको पर्व माघीको दिन घरका वृद्ध व्यक्तिले बिहानै उठेर गाउने गीत हो यो। यो गीत गाउँदै घरका मुली मान्छेले सबैलाई उठाउने चलन रहेको बताउँछन्, थारू संस्कृतीकर्मी अशोक थारू। उनका अनुसार घरका सबैभन्दा वृद्ध व्यक्तिले यो गीत गाउँदै अघि लाग्ने र उनको पछिपछि गाउँभरिका युवा, महिला, वृद्धाहरू उनको पछि लागेर मादल र खैजडी बजाएर नाच्दै खोलामा नुहाउन जाने प्रचलन थारू बताउँछन्। ‘हाम्रा पौराणिक तौरतरिका बिस्तारै दुर्लभ हँुदै गएको छ, जुन थारु समुदायको लागि निकै दुःखको कुरा हो,’ उनले भने।

पोतिएको माटो, जुन उनीहरूको होइन

राज्य यिनीहरूको अनुहारको खुसी नखोसियोस् भन्ने चाहन्छ भने नानीहरूको अनुहारमा दलिए जति नै सही, माटोमा उनीहरूको स्वामित्व दिलाउनु जरुरी छ।

लखेटिएपछि मन्त्रीको शरणमा राउटे

लेकबेंसी नगरपालिकाको पार्वती महिला सामुदायिक वनले काठ काटेको भन्दै लखेटेपछि जंगलमा फिरन्ते जीवन बिताउने राउटे समुदायले कर्णाली प्रदेशका उद्योग, पर्यटन तथा वनमन्त्री नन्दसिंह बुढालाई गुहारेको छ। सामुदायिक वनमा रूख काट्दै गर्दा वन पदाधिकारी र स्थानीयले बुधबार राउटे समुदायलाई लखेटेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्