५ आश्विन २०८१ शनिबार
image/svg+xml

ट्याक्टर दुर्घटनामा दुईको मृत्यु

रोल्पामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार धनगढीबाट सभामुख कप भलिबलका खेलाडी लिएर रोल्पा सदरमुकाम लिवाङ आउँदै गरेको ना २ ख ५२५ न. को बस र लु ३ त ७१५६ न. काे ट्याक्टर सुरुमा आपसमा सामान्य ठोकिएका थिए । साघुँरो सडक भएका कारण बसलाई साईड दिने क्रममा ट्याक्टर देउखरीखोला नजिक सडकबाट करिब एकसय मिटर तल लुङग्री खोलामा खसेको थियो।

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

भिमसेन थापा गाउँपालिका वडा ५ खान्चोकमा गएराति ट्याक्टर दुर्घटना हुँदा चालक हिमाल घर्तीको मृत्यु भएको छ ।  ट्रली बिनाको लु३त ९५६१ नम्बरको ट्याक्टर सडकमा पल्टिदाँ दाङ तुलसीपुर नगरपालिका बनहरी बस्ने वर्ष २२ का घर्ती घाइते भएका थिए ।

ट्याक्टरको ठक्करबाट युवकको मृत्यु

बेलबारी नगरपालिका–३ स्थित पूर्वपश्चिम राजमार्गमा ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा आज बिहान मृत्यु भएको छ।

ट्याक्टर दुर्घटनामा ४ को मृत्यु

संखुवासभाको चैनपुर नगरपालिका वडा नं. ३ को तिखे ढुंगामा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ।

ट्याक्टर दुर्घटनामा दुईको मृत्यु

बेनी नगरपालिका–९ गलेश्वरमा सोमबार दिउँसो भएको ट्याक्टर दुर्घटनामा परि २ जनाको ज्यान गएको छ। गलेश्वरदेखि बेनी आउँदै गरेको ग १ त २५५८ नम्बरको ट्याक्टर गलेश्वरमा निर्माणधिन बसपार्क नजीकैबाट कालिगण्डकी नदीमा खसेको थियो।

ट्याक्टर दुर्घटनामा ३ को मृत्यु

मालारानीको कोटखोला नजिक आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। मालारानी खरिगैरा बजारबाट सरिया लिएर सहारे जाँदै गरेको भे१ख ६१६८ नं ट्र्याक्टर कोटखोलानेर ओरालोमा गति नियन्त्रण गर्न नसकी पल्टिँदा चालकसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको र दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जन्तीको ट्याक्टर दुर्घटना, एकको मृत्यु

रौतहटको गढीमाई नगरपालिका १ हरैयाबाट राजदेवी नगरपालिका ४ मुडबलवातर्फ फर्किने क्रममा जन्तीको ना ३ त ३६४६ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई महेन्द्र राजमार्गको झुनखुनवा नजिक पल्टििँदा राजदेवी नगरपालिका ४ का २२ वर्षका दिलोज कुमार यादवको च्यापिएर घटनास्थलमै मृत्यु भएको हो।

ट्याक्टर दुर्घटनामा २ को मृत्यु, ९ घाइते

रोल्पाको लुङग्री गाउँपालिका–४ गराम्जामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। घटनामा ९ जना घाइते भएको प्रहरीले जनाएको छ।

ट्याक्टर दुर्घटनामा घाइते भएका राईको मृत्यु

उदयपुरमा ट्याक्टर दुर्घटनामा परी घाइते भएका धिरज राईको उपचारको क्रममा मृत्यु भएको छ । त्रियुगा नगरपालिका १२ का उनको उपचारको क्रममा बुधबार राति मृत्यु भएको प्रहरीले जनाएको छ।

ट्याक्टर दुर्घटनामा एकको मृत्यु, दुई घाइते

गोरखा नगरपालिका ११ अन्तर्गत बाह्रकिलो छेवेटार सडक खण्डको धुलधुले खोलामा मंगलवार बिहान ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

ट्याक्टरको ठक्करबाट पैदल यात्रीको मृत्यु

बलवा नगरपालिका ७ बनौटामा ट्याक्टरको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ। बनौटाबाट टिकुलियातर्फ जादैं गरेको ज१त ८४३७ नम्वरको ट्याक्टरको ठक्करबाट बलवा नगरापालिका ७ घर भएका १४ वर्षीय रन्जित यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

ट्याक्टर दुर्घटनामा दुईको मृत्यु

मेची राजमार्ग अन्तर्गत पाँचथरको हिलिहाङ–३ को सल्लेरीमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

ट्राफिकको आँखा छलेर ट्याक्टरमा ‘ओभरलोड’

ट्राफिक नियम विपरित बाँकेमा ट्याक्टरले ‘ओभरलोड’ बोक्ने क्रम फेरी पनि बढेको छ। गतवर्ष ट्राफिक प्रहरीले चारैतिरका नाकामा कडा गरेपछि ट्याक्टरहरुले ओभरलोड सामान बोक्न छाडेका थिए। तर, यसवर्ष जिल्लाका नदी तथा खोलाबाट ढुंगा, गिट्टी, बालुवा र मोरङ ओभरलोड बोक्ने क्रम बढेको पाइएको छ।

ट्याक्टर दुर्घटनामा ४ को मृत्यु, ३३ घाइते

बाक्लो हुस्सुको कारण बाटो हेर्न नसक्दा महोत्तरीको रामगोपालपुरमा ट्याक्टर पल्टेर ४ जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन्।

अनुदानका ट्याक्टर दुरुपोग

कृषि परियोजनका लागि भन्दै भन्सार छुट सहुलियत लिएका ट्याक्टरको दुरुपयोग भएको छ । त्यस्ता ट्याक्टर गैरकृषि कार्यमा प्रयोग गरिएका छन् । सरकारले कृषि परियोजनाअन्तर्गत ट्याक्टरमा ५ प्रतिशतमात्र भन्सार महसुल तोकेको छ तर यहाँ त्यस्ता ट्याक्टरको सार्वजनिक ढुवानीमा दुरुपयोग भइरहेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्