५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

ट्याक्टरको ठक्करबाट पैदल यात्रीको मृत्यु

महोत्तरी – बलवा नगरपालिका ७ बनौटामा ट्याक्टरको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ।

बनौटाबाट टिकुलियातर्फ जादैं गरेको ज१त ८४३७ नम्वरको ट्याक्टरको ठक्करबाट बलवा नगरापालिका ७ घर भएका १४ वर्षीय रन्जित यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

ठक्करबाट गम्भीर घाइते यादवलाई उपचारको लागि जनकपुर लगिए पनि त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल पुर्याउँदा उनको उपचारको क्रममा मृत्यु भएको महोत्तरीका डीएसपी प्रकाश मल्लले बताए। 

ट्याक्टर चालक गौशाला नगरपालिका ४ रजखोर बस्ने २८ वर्षीय सरोज महतोलाई प्रहरीले हिरासतमा राखेर घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको छ।
 

प्रकाशित: २० माघ २०७४ ११:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App