५ आश्विन २०८१ शनिबार
image/svg+xml

ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

जिल्लाको मन्थली नगरपालिका ६ भलुवाजोरमा बुधबार ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। र्दुघटनामा परि दुई जना घाइते भएका छन्।

दुर्घटना रोक्न ट्याक्टरको ट्रलीमा ‘रिफ्लेक्टर स्टिकर’

सवारी दुर्घटना न्युनीकरण गर्न बाँकेमा ट्राफिक प्रहरीले जनचेतना मुलक कार्यक्रम चलाएको छ । सोही कार्यक्रमअन्तर्गत चिसो मौसममा बाक्लो मात्रामा हुस्सु लाग्दा हुने दुर्घटना रोकथाम गर्न ट्राफिक प्रहरीले ट्याक्टरको ट्रलीमा ‘रिफ्लेक्टर स्टिकर’ टाँस्ने अभियानलाई ब्यापकता दिएको हो ।

ट्याक्टरकाे ठक्करबाट एक बालिकाको मृत्यु

रुकुम पूर्वमा ट्र्याक्टरको ठक्करबाट एक बालबालिकाको मृत्यु भएको छ।  जिल्लाको सदरमुकाम सिस्ने गाउँपालिका–६ रुकुमकोटमा ट्र्याक्टरको ठक्करबाट सोही ठाउँकी छ वर्षीया हिसिला खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ।

ट्याक्टरबाट खसेर युवकको मृत्यु

आँबुखैरेनी गोरखा सडक खण्डको गोरखा नगरपालिका १२ को एघारकिलोमा ग१त ४१६३ नम्बरको ट्याक्टरबाट खसेर गएराति एक युवकको मूत्यु भएको छ ।

धादिङमा ट्याक्टर पल्टिँदा दुई जनाको मृत्यु

धादिङको गंगाजमुना गाउँपालिका–७ बुढाथुममा ट्याक्टर पल्टिदाँ दुई जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । गाउँपालिका वडा नं ६ को झारेमारे लेकबाट नदुवातर्फ आइरहेको लु २ त ५०७४ नंको ट्याक्टर दुर्घटना हुँदा चालक बाँफिकोट–७ का २३ वर्षीय निमे कुसारीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

ट्याक्टर दुर्घटनामा एकको मृत्यु

सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। आज बिहान सल्लेरीबाट तामाखानीतर्फ जाँदै गरेको ना २ त ६१६८ नम्बरको ट्याक्टर सडकबाट करिब ५० मिटर तल खस्दा ट्याक्टर चालक प्यूठान घर भएका दीपक धामीको घटनास्थलमै ज्यान गएको ट्राफिक प्रहरी सोलुखुम्बुका इञ्चार्ज धितलाल गौतमले जानकारी दिए।

फेरिएको किसानको जिन्दगी: हलो छाडेर ट्याक्टरतर्फ

चार वर्ष अघिसम्म गजुरीका कान्छा प्रजा महिनौ लगाएर खेतबारी जोत्थे। हलो र जुवा काँधमा राखेर गोरु धपाउँदैमा दिन बित्थ्यो, अहिले खेतबारी खन्न ट्याक्टरको प्रयोग बढेसँगै कान्छालाई सजिलो भएको छ। अहिले उनी न त हलो जुवा लिएर हिड्छन् न गोरु धपाएर हिड्छन्।

म्यादी प्रहरी चढेको ट्याक्टर दुर्घटना

बुढीनन्दा नगरपालिका–५ दानसाँघुमा म्यादी चढेको से १ त ४४६६ नम्बरको ट्याक्टर दुर्घटना भएको छ। मार्तडीबाट कोल्टी जादै गरेको ट्याक्टर दिउँसो साढे ५ बजेतिर दुर्घटनामा परेको हो।

अवैध रुपमा ढुंगा झिक्न खोज्दा ट्याक्टर चालकको मृत्यु

उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा चालकको घट्नास्थलमै मृत्यु भएको छ । गाईघास्थित बरुवाखोलाबाट ढुंगा निकालेर गाईघाटतर्फ ल्याउन लाग्दा ट्याक्टरको ट्रली पल्टेर इन्जिनसँग च्यापिएर त्रियुगा नगरपालिका ११ गाईघाटका मनोज परियारको निधन भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

ओभरलोड बोक्ने ३९ ट्याक्टर नियन्त्रणमा

क्षमताभन्दा ओभरलोड सामग्री बोक्ने र स्वरुप परिवर्तन गरी संचालनमा आएका ३९ वटा ट्याक्टरलाई बाँके प्रहरीले नियन्त्रणमा लिई कारवाही सुरु गरेको छ ।

ट्याक्टरबाट खस्दा बालकको मृत्यु

नेपालगन्ज सुर्खेत रत्नराजमार्गको नौवस्तामा ट्याक्टरबाट खस्दा एक बालकको मृत्यु भएको छ । बिहिबार राती ८ बजे नौवस्ताको पहाडीपुरमा भे १ त ६१४० नम्बरको ट्याक्टरबाट खस्दा स्थानीय ५ बर्षीय ईन्द्रबहादुर विकको मृत्यु भएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्