५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

ट्याक्टर दुर्घटनामा दुई कामदारको मृत्यु

गौशाला- महोत्तरी जिल्लाको रघुनाथपुर–५ मा आज ट्र्याक्टर दुर्घटनामा परी दुई कामदारको मृत्यु भएको छ।

मृत्यु हुनेमा श्रीपुर–८ बस्ने २० वर्षीय मुकेश दास र सोही गाविस–९ बस्ने १९ वर्षीय उदित यादव रहेको प्रहरी कार्यालय रघुनाथपुरले जनाएको छ। जिल्लाकै श्रीपुर कविलासाबाट रघुनाथपुरस्थित मरहा खोलामा बाँध बनाउनका लागि ज १त ३३८८ नंको ट्र्याक्टरमा तारजाली पुर्‍याएर फर्किने क्रममा रघुनाथपुर–५ गोबरहियामा ट्याक्टर पल्टिँदा दुवैको सोही ट्र्याक्टरमा किचिएर घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायब निरीक्षक झलक घिमिरेले बताए।

घटनापछि ट्र्याक्टरका चालक फरार छन् । प्रहरीले घटनास्थलमा पुगी कामदारद्वयको शव ट्र्याक्टरभित्रबाट निकालेर शवपरीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याउने तयारी भइरहेको बताइएको छ। रासस

 

प्रकाशित: २७ चैत्र २०७३ ०९:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App