ललितपुर महानगरपालिकाको बजेट चार अर्ब ६० करोड
ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७५/७६ का लागि रु चार अर्ब ६० करोड ७२ लाख ८७ हजारको बजेट सार्वजनिक गरेको छ।
ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७५/७६ का लागि रु चार अर्ब ६० करोड ७२ लाख ८७ हजारको बजेट सार्वजनिक गरेको छ।
भिरालो जमीनमा जथाभावी सडक खन्दा जिल्ला सदरमुकाम र ग्रामीण भेगमा पहिरोको जोखिम बढेको छ।
खोटाङका तीनवटा स्थानीय तहको बजेट करिब डेढ अर्ब रुपैयाँ रहेको छ । जनप्रतिनिधिले तयार गरेको आर्थिक वर्ष ०७५-७६ को बजेटमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ६८ करोड ६० लाख ९६ हजार बजेट विनियोजन गरेको छ ।
बडिमालिका नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ का लागि ३६ करोड २८ लाख ६४ हजार ८ सय ३३ रुपैयाँ बराबरको बजेट पारित गरेको छ।
आर्थिक बर्ष सकिन लाग्दा जिल्लामा विकास निर्माणका काम धमाधम शुरु भएका छन्। बर्षात् शुरु भइसक्दा सडक ग्राबेल, पिच, पुल, खानेपानी, पाटी, पौवा निर्माणको कामले व्यापकता पाएको छ।
अर्थमन्त्री युवराज खतिवडाले पटकपटक वित्तीय अनुशासनको कुरा उठाए पनि सरकारी कर्मचारी र व्यापारीको मिलेमतोमा चालु बजेटमाथिको दोहन यस वर्ष पनि रोकिएको छैन।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र सरकारी वित्तीय व्यवस्थापन ऐन, २०७४ ले असार १० गतेभित्र स्थानीय तहले बजेट पेस गरिसक्नुपर्ने गरेको व्यवस्था छ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले आइतबार झण्डै साढे ५७ करोड हाराहारीको बजेट ल्याएको छ। तेस्रो नगरसभाले ५७ करोड ५७ लाख ६ हजार ४ सय रुपैयाँको बजेट सहितको नीति तथा कार्यक्रम पनि पारित गरेको हो।
राष्ट्रिय गौरवको आयोजना भेरी बबई डाइभर्सनमा सुरुङ खन्ने काम तीव्र भइरहँदा बाँध निर्माण प्रक्रिया सुरु नहुँदा तोकिएको समयमै काम सकिनेमा शंका उत्पन्न भएको छ।
पर्यटन प्रवर्द्धनार्थ दिइने बजेट कम भएको गुनासो यहाँका पर्यटन व्यवसायीले गरेका छन् । अहिले पर्यटन बोर्डको पोखरास्थित प्रदेश कार्यालयबाट दिइने बजेट प्रवर्द्धनका लागि अपुग भएको व्यवसायीको भनाइ छ।
बर्खा लागेपछि जिल्लाका विकासे कार्यालय र स्थानीय तहले धमाधम विकासका काम अघि बढाएका छन्।
प्रदेश सरकारले आर्थिक बर्ष २०७५/२०७६ का लागि ल्याएको बजेट शनिबार प्रदेशसभाको बैठकबाट सर्वसम्मत रुपमा पारित भएको छ।
अर्थमन्त्री युवराज खतिवडाले बजेट र अहिलेको मूल्यवृद्धिबीच कुनै सम्बन्ध नभएको बताएका छन् । अहिलेको मूल्यवृद्धि ‘बजारमा बजेटबाट नकारात्मक असर परेको देखाउन गरिएको दुस्प्रयास’ मात्रै भएको उनले बताए ।
रसुवाको नौकुण्ड गाउँपालिकाले शिक्षा क्षेत्र सुधारका लागि साढे ७ करोड बजेट विनियोजन गरेको छ।