कृषि क्षेत्रमा बजेट बढ्यो
रसुवाकोे नौकुण्ड गाउँपालिकाले कृषि क्षेत्रका लागि बजेट वृद्धि गरेको छ। कृषिमा आधुनिकिकरण गरी उत्पादनमा वृद्धि गर्नका लागि बजेटमा वृद्धि गरेको हो।
रसुवाकोे नौकुण्ड गाउँपालिकाले कृषि क्षेत्रका लागि बजेट वृद्धि गरेको छ। कृषिमा आधुनिकिकरण गरी उत्पादनमा वृद्धि गर्नका लागि बजेटमा वृद्धि गरेको हो।
प्रदेश सरकारले आर्थिक वर्ष ०७५-७६ का लागि ल्याएको बजेटमा करिब पाँच अर्ब बराबर रहेको डल्लो बजेट विवादास्पद बनेको छ ।
आर्थिक वर्ष २०७५/७६ को बजेटमाथि आजदेखि सुरु हुने मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नहरुको विभागीय मन्त्रीहरुले जवाफ दिनेछन्।
प्रदेश सभाको सोमबारको बैठकमा विपक्षी दल कांग्रेस र राजपाका सासंदले बजेट बिधिसम्मत र जनताका पक्षमा नरहेको भन्दै विरोध जनाएका छन् । विरोधका कारण सोमबारको बैठक सभामुख अर्जुन थापाले स्थगित गरेका छन्।
भक्तपुर नगरपालिकाले आर्थिक वर्ष ०७५-७६ का लागि कूल एक अर्ब ७३ करोड ४० लाखको अनुमानित बजेट पेस गरेको छ ।
प्रदेशसभाको सोमबारको बैठकमा विपक्षी दल नेपाली कांग्रेस र राजपाका सांसदहरुले बजेट विधिसम्मत र जनताको पक्षमा बजेट नरहेको भन्दै उभिएर बिरोध गरेका छन्। बिपक्षी सांसदको विरोधका कारण सोमबारको बैठक बजेट माथि छलफल नगरि सभामुख अर्जुन थापाले स्थगित गरेका छन्।
प्रदेश सरकारले आर्थिक वर्ष ०७६ का लागि प्रस्तुत गरेको बजेटको प्रदेश शभा बैठकमा सांसदहरुले आलोचना गरेका छन् ।
देशभरका अधिकांश स्थानीय तहले आइतबार आगामी आर्थिक वर्ष २०७५/०७६ को बजेट सार्वजनिक गरेका छन्।
भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७५÷०७६ का लागि तीन अर्ब ३४ करोड पाँच लाख ८६ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । आइतबारको दोस्रो नगरसभामा प्रस्तुत बजेटमा चालुतर्फ एक अर्ब ७० करोड ४९ लाख रुपैयाँ र पुँजीगत खर्चतर्फ एक अर्ब ६२ करोड ५६ लाख ८६ हजार रुपैयाँ विनियोजन गरिएको छ।
बूढानीलकण्ठ नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७५ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
प्रदेश ३ को राजधानी रहेको हेटौंडा उपमहानगरपालिकाले आगामी आव ०७५-७६ का लागि एक अर्ब ६३ करोड चार लाख ५७ हजार रुपैयाँ बजेट प्रस्ताव गरेको छ।
मध्यमकालीन खर्च संरचनाको आधारमा आर्थिक वर्ष ०७७-०७८ को बजेट ४३ अर्ब ७६ करोड ८५ लाखभन्दा माथि पुग्ने प्रक्षेपण गरिएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७५-०७६ को लागि २४ अर्ब २ करोड ३३ लाखको बजेट ल्याएको छ।
विराटनगर महानगरपालिकाले आर्थिक वर्ष ०७५/७६का लागि करिब साढे ४ अर्बको बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। आइतबार विराटनगरमा आयोजित दोस्रो नगरसभामा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले ४ अर्ब ४७ करोड८ लाख ४९ हजारको बजेट सार्वजनिक गरेका हुन्।
महानगरपालिकाको तेस्रो नगर सभा वैठकले आर्थिक वर्ष २०७५/७६ को लागि १३ अर्ब २ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बजेट सार्वजनिक गर्दै आन्तरिक स्रोतबाट चार अर्ब ९० करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको बताए। महानगरपालिकाले गत आर्थिक वर्षको तुलनामा १.१ प्रतिशतले मात्रै वृद्धि गरेको छ।
खोटाङको पाँच स्थानीय तहले वार्षिक बजेट तथा कार्यक्रम ल्याएको छ। जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकामध्ये दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, केपीलासगढी गाउँपालिका, रावाबेँसी गाउँपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका र बराहपोखरी गाउँपालिकाले आइतबार एकैसाथ आर्थिक वर्ष २०७५/०६७ को वार्षिक बजेट तथा कार्यक्रम ल्याएको हो।