आइबक्स्योस् जाजरकोट!
डोर्याएको डोर्याएकै गर्यो नदीले! भेरी नदीको डोर्याइले हामीलाई सजिलो भयो। अनि उसकै किनारमा खनिएको बाटो भएर जाजरकोट पुग्यौँ हामी। अझ खलङ्गा पुगुञ्जेल नि त्यही भेरीको हापझाँप थियो उस्ताको उस्तै। उसको फकाइमा हाम्रो फुलाइ— सरोबरी भो।