१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml

चार जनामा कोरोना पुष्टि भएपछि जगदम्बा इन्टरप्राइजेज सिल

पर्साको वीरगन्जमा महानगरपालिका ३२ मा रहेको वीरगन्ज पथलैया औद्योगिक करिडोरस्थित जगदम्बा इन्टरप्राइजेजका चार जनामा कोरोनाको संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय पर्साले उक्त उद्योग केही समयको लागि सिल गरेको छ ।

भारतबाट आएकैबाटै उपत्यकामा जोखिम

चिकित्सकका अनुसार पछिल्लो समय काठमाडौं उपत्यकामा दैनिक चारदेखि १० जनामा कोरोना पुष्टि भइरहेको छ। उनीहरुमध्ये धेरैजसो भारतको विहार र केही नेपालकै तराईबाट आएका हुन्।

मृतक परिवारका सबैलाई कोरोना पुष्टि

कोरोना संक्रमणबाट मृत्यु भएका राजविराज नगरपालिका–६ का ७३ वर्षीय एक पुरुषको परिवारका सबै सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ। गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा गरिएको स्वाब परीक्षणमा उनको परिवारका ५ जना सदस्यलाई कोरोना भाइरस पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय राजविराजका प्रमुख दुुनीयालाल यादवले जानकारी दिए।

लुभूमा एकै घरका १० जनामा कोरोना पुष्टि

महालक्ष्मी नगरपालिका वडा नं ८ लुभूको एकै घरका १० जना मानिसमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बल्खुस्थित बयोद्या अस्पतालमा कार्यरत ल्याब टेक्निसियनमा यहीँ असार १७ गते कोरोना सङ्क्रमण पुष्टि भएसँगै उनका परिवारका अन्य सात जनामा र भाडामा बस्ने दुई गरी १० जनामा गरिएको स्वाब सङ्कलनमा सबैको नतिजा पोजेटिभ आएको हो ।

काठमाडौं उपत्यकामा दिनदिनै थपिँदै संक्रमित, आज पनि २८ जनामा कोरोना पुष्टि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिउँसो दिएको जानकारीअनुसार काठमाडौं उपत्यकामा फेरि २८ कोरोना संक्रमित थपिएका हुन् ।

आत्महत्या गरेका युवकमा कोरोना पुष्टि

आत्महत्या गरेका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । दैलेखस्थित दुल्लु नगरपालिका–१०, का २१ वर्षीय युवकमा कोरोना संक्रमण भएको हो ।

स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि कर्णाली अस्पताल सील

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ड्यूटिमा खटिएका ४ जना स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि अस्पताल सिल गरिएको छ ।

कर्णाली प्रतिष्ठानमा कार्यरत स्वास्थ्यकर्मीसहित ८ जनामा कोरोना पुष्टि

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कार्यरत चार जना स्वास्थ्यकर्मीसहित ८ जनामा कोरोना पोजेटिभ देखिएको छ । स्वास्थ्यकर्मी बाहेकका चार जना जिल्ला बाहिरको भएपनि जुम्लामा अन्य पेशा व्यवसायमा संलग्न भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ ।

भक्तपुर प्रहरी परिसरका एकजना प्रहरीमा कोरोना संक्रमण पुष्टि

भक्तपुर प्रहरी परिसरको सन्चार शाखामा काम गर्ने एकजना प्रहरीमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणबाट परिसरमा प्रहरी जवानमा कोरोना संक्रमण पुष्‍टि भएकाे हाे । फिल्डमा पनि नखटिने उनलाई कसरी संक्रमण भयाे भन्‍ने खुल्न सकेकाे छैन ।

क्वारेन्टिनबाट घर फर्कदा बाटैमा कोरोना पुष्टि भएपछि...

जिल्लाको मेलम्चीस्थित क्षेत्रीय क्वारेन्टिनमा बसेका पाँचपोखरी–६ का दुई पुरुषको बुधबार कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आयो । राजधानीको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना नभएको रिपोर्ट पठाएसँगै उनीहरु त्यसै दिन डिस्चार्ज भए । तर अबेला भएकाले घर जान पाएनन्, क्वारेन्टिनमै रात बिताए ।

सर्पदंशको उपचारमा आएका व्यक्तिमा कोरोना पुष्टि भएपछि इमरजेन्सी सेवा बन्द

सर्पदंशको उपचारका लागि आएका एक व्यक्तिमा कोरोना संक्रमण देखिएपछि कर्णाली प्रदेश अस्पतालको इमरजेन्सी सेवा बन्द भएको छ। भारतबाट आएर जेठ १६ गतेदेखि बराहताल गाउँपालिका–४ को भेरी माविको क्वारेन्टिनमा रहेका ५० वर्षका बृद्धलाई सोमबार राति सर्पले टोकेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्