१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

एक्काइस प्रतिशतले निकासी घट्यो

सरकारले निर्यात प्रवद्र्धनका लागि सहजीकरण गरिरहेको भए पनि निर्यात लगातार घट्दो छ। आर्थिक वर्ष २०७९/८० मा नेपालको कूल निकासीमा २१ दशमवल चार प्रतिशतले ह्रास आएको छ।

पराष्ट्रमन्त्रीसँग समावेशीबारे जानकारी लिँदै समिति

ससदीय सुनुवाइ समितिले प्रस्तावित छ राजदूत सिफासिका सम्बन्धमा उठेको समावेशीको मुद्दाका विषयमा परराष्ट्रमन्त्रीसँग परामर्श गर्ने निर्णय गरेको छ।

चामल तेल–दाल उद्योग संघका अध्यक्षमा दुगड चयन

नेपाल चामल तेल–दाल उद्योग संघको ४४ औं वार्षिक साधारणसभाले कुमुदकुमार दुगडको अध्यक्षतामा २ वर्षको लागि नयाँकार्य समिति निर्विरोध चयन गरेको छ।

सूर्याेदयको विकासमा योगदान गर्ने व्यक्ति र संस्था पुरस्कृत

सूर्योदय नगरपालिकाले नगरमा रहेर विभिन्न क्षेत्रमा योगदान गर्ने २८ व्यक्ति र संस्थालाई सम्मान तथा पुरस्कृत गरेको छ। नगरले १३औं नगर सभाले पारित गरेको बजेट, नीति तथा कार्यक्रम सार्वजनिककरण समारोहमा उनीहरूलाई सम्मान र पुरस्कृत गरिएको हो।

‘पुड्के ओखेडाको घर भत्काएको घटना बंग्याइयो’

बझाङको घटना विषयमा अनेरास्ववियुले आइतबार बिहान बालुवाटारमा कारबाहीको माग गर्दै विरोध प्रदर्शन गरेको छ। घटनाको जानकारी पाएपछि दोषीउपर कारबाही गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको राष्ट्रिय दलित आयोगले जनाएको छ।

समितिले नेतृत्व नपाए अर्को बैठकमा आउँदैनौँः सचिव भट्टराई

नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले संसदीय समितिको सभापति चयन नगरे एमाले आगामी समितिका बैठकहरुमा नजाने बताएका छन्।

उद्योगपति गोल्छाको स्मरण

हुलास स्टिल इण्डष्ट्रिज लिमिटेडले उद्योगका संस्थापक स्वर्गीय दिवाकर गोल्छाको स्मरणमा विभिन्न कार्यक्रम गर्ने भएको छ।

बेवारिसे बम विस्फोट घटनाका पीडितले पाएनन् क्षतिपूर्ति

बम विस्फोट घटनामा तीन वर्षीया झरना थापाको घटनास्थलमै मृत्यु भएको थियो भने पाँच वर्षीया सरस्वती रानाको उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको थियो।

तीन सय २२ उद्योग दर्ता

गत आर्थिक वर्ष २०७९/८० मा उद्योग विभागमा तीन सय २२ उद्योग दर्ता भएका छन्। विभागले सार्वजनिक गरेको गत आवको प्रगति विवरणअनुसार स्वदेशी र विदेशीसमेत गरी तीन सय २२ उद्योग दर्ता भएका हुन्।

पोखरामा भदौ १६ गते तायाः मचा नाच प्रतियोगिता

पोखरामा आगामि भदौ १६ गते तायाःमचा नृत्य प्रतियोगिता हुने भएको छ। हरेक वर्ष पोखरामा हुँदै आएको तायाःमचा नृत्य प्रतियोगिता यसवर्ष पोखरा महानगरपालिका–११ रानिपौवामा हुनेछ।

आइपिसिसी कार्यगत समूह उपाध्यक्षमा रूपाखेती

जलवायुसम्बन्धी संयुक्त राष्ट्रसंघीय अन्तरसरकारी नियोग (आइपिसिसी) को पहिलो कार्यगत समूहको उपाध्यक्ष (भाइस–चेयर) मा नेपालका डा. महेश्वर रूपाखेती निर्विराेध निर्वाचित भएका छन्।

लमजुङमा दुई सय ९१ घरेलु उद्योग दर्ता

लमजुङ जिल्लामा आर्थिक वर्ष २०७९/८० मा दुई सय ९१ घरेलु उद्योग दर्ता भएका छन्। एक वर्षको अवधिमा पर्यटन तथा साना उद्योग कार्यालय लमजुङमा दुई सय ९१ नयाँ उद्योग दर्ता भएका हुन्।

निर्वाचन कानूनको मस्यौदाको राजनीतिक वृत्तबाटै बिरोध

निर्वाचन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संविधानको मर्म र भावनाविरुद्ध भएको भन्दै राजनीतिक वृत्तबाट नै बिरोध भएको छ।

‘बलियो सञ्जाल बनाएर अघि बढौं’

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सदस्यहरूको बलियो सञ्जाल र एकताबाटै महासंघ बलियो हुने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्