१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

‘बलियो सञ्जाल बनाएर अघि बढौं’

फाइल तस्वीर

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सदस्यहरूको बलियो सञ्जाल र एकताबाटै महासंघ बलियो हुने बताएका छन्।

महासंघको वस्तुुगत परिषद्ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ढकालले कतिपय अवस्थामा एक्लो प्रयास मात्र प¥याप्त नहुने हुँदा व्यावसायिक सहकार्य र एकताबाट मात्र सफलता मिल्ने बताएका हुन्।

‘हाम्रा सदस्य वस्तुगत संघहरू महासंघका बलिया खम्बा हुन्। आफैं सक्षम पनि छन्। तपाइँहरू आफ्ना मुद्दालाई आफैं पनि अगाडि बढाउन सक्नुहुन्छ तर कतिपय अवस्थामा एक्लो प्रयासले मात्र सफलता नमिल्न सक्छ,’ अध्यक्ष ढकालले भने, ‘तपाईहरूको इस्युका साथमा महासंघ पनि सँगै गयो भने हाम्रो एकता अझबढी मजबुत हुन्छ, हामीले हाम्रा समस्या समाधानमा सफलता पाउन सक्छौं। सदस्यहरूको समस्या समाधानका लागि महासंघले सदैव साथमा रहेर सहयोग गर्छ ।’

प्रकाशित: १२ श्रावण २०८० ०३:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App