२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

उद्योगपति गोल्छाको स्मरण

हुलास स्टिल इण्डष्ट्रिज लिमिटेडले उद्योगका संस्थापक स्वर्गीय दिवाकर गोल्छाको स्मरणमा विभिन्न कार्यक्रम गर्ने भएको छ। गोल्छाको ७० औं जन्मजयन्तीको अवसरमा आइतबार कार्यक्रम आयोजना गर्ने भएको हो।

आइतवार वीरगञ्ज, सिमरा, काठमाडौंमा रक्तदान कार्यक्रमको आयोजना गरेर गोल्छाले नेपालको औद्योगिक क्षेत्रमा पुर्‍याएको योगदानको स्मरण गरिने भएको छ।

गोल्छाले मुलुकमै पहिलो स्टिल उद्योगका रूपमा हुलास स्टिल उद्योग स्थापना गरेका थिए। संविधानसभाका पूर्व सदस्य, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व प्रथम उपाध्यक्ष भएर काम गरेका उद्योगपति एवं समाजसेवी गोल्छाको जन्म २९ जुलाई १९५३ मा विराटनगरमा भएको थियो। गोल्छाको २०७५ चैतमा निधन भएको थियो।

समस्यासँग नडराउने गोल्छा जतिसुकै ठूलो समस्या आई परेपनि समाधानका लागि प्रयत्न गर्थे। उनले व्यावसायिक कार्यको थालनी हनुमान इण्डष्ट्रिज प्रालिबाट गरेका थिए। दीवाकरको अगुवाईमा हुलास मेटल, हुलास स्टिल, हुलास वायर, भुदेव खाद्य उद्योग, वि.पि.राईस मिल र हितेश दाल उद्योगको स्थापना गरेका थिए।

हुलास स्टिल इण्डष्ट्रिज लिमिटेडले उद्योगका संस्थापक स्वर्गीय दिवाकर गोल्छाको स्मरणमा विभिन्न कार्यक्रम गर्ने भएको छ। गोल्छाको ७० औं जन्मजयन्तीको अवसरमा आइतबार कार्यक्रम आयोजना गर्ने भएको हो।

२०४६ सालको परिवर्तनले आर्थिक उदारीकरणका कारण विभिन्न क्षेत्रमा उद्योग स्थापना गर्ने, रोजगारी सिर्जना गर्ने र देशलाई हरेक क्षेत्रमा आत्मनिर्भर बनाउने सोच अनुरूप काम गरेका थिए। चिनीमा देशलाई आत्मनिर्भर बनाइ रोजगारीको सिर्जना गर्न र उखु कृषकहरूको जीविकोपार्जनका लागि रौतहटमा श्रीराम सुगर मिल्स लिमिटेड पनि स्थापना गरेका थिए। त्यसैगरी, सुनसरी जिल्लाको सोनापुरमा अरिहन्त मल्टिफाइवर्स लिमिटेड उद्योग स्थापना गरेर ठूलो संख्यामा रोजगारी दिएका थिए।

निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघमा आवद्ध भई निजी क्षेत्रको नीति निर्माणमा पनि काम गरेका थिए। हरेक क्षेत्रमा रोजगारी सिर्जना गरी देशलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ सरकारसँग रघुपति जुट मिल्स लिमिटेड खरिद गरी थप अर्को जुट उद्याेग पनि संचालनमा ल्याएका थिए। 

प्रकाशित: १४ श्रावण २०८० ०४:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App