८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

चामल तेल–दाल उद्योग संघका अध्यक्षमा दुगड चयन

नेपाल चामल तेल–दाल उद्योग संघको ४४ औं वार्षिक साधारणसभाले कुमुदकुमार दुगडको अध्यक्षतामा २ वर्षको लागि नयाँकार्य समिति निर्विरोध चयन गरेको छ। कार्यसमितिको अध्यक्ष कुमुदकुमार दुगड, निवर्तमान अध्यक्ष डा. सुबोधकुमार गुप्ता, प्रथम उपाध्यक्ष राम थापा, द्वितीय उपाध्यक्ष राहुल अग्रवाल, महासचिव दिपककुमार पौडेल चयन भएका छन्। नवनिर्वाचित अध्यक्ष दुगडले यसअघि २ कार्यकाल संघको अध्यक्ष भई नेतृत्व गरिसकेका छन्।

वार्षिक साधारणसभाले यसका साथै धान आयातमा १ प्रतिशत भन्सार दर कायम गर्नुपर्ने, नेपालमा चामलको अभाव हुन नदिन उद्योगीले  सरकारसँग मिलेर उचित व्यवस्था गर्न भारत सरकारसँग धान आयातको लागि पहल गर्ने, नेपालमा धान उत्पादन बढाउन नेपाल सरकारको सहयोगमा सरकार, व्यवसायी र किसान मिलेर त्रिपक्षीय सम्झौतामा काम गर्न पहल गर्ने निर्णय गरेको छ।  

यस्तै कच्चा र तयारी दालमा कम्तिमा २ तहको आयात दर कायम गर्न पहल गर्ने। दाल निकासी गर्दा लाग्नेप्रति केजी १ रूपैयाँ निकासी शुल्क हटाउन पहल गर्ने, तराई क्षेत्रका बजारमा हुने अनधिकृत तेल बिक्री रोकथामको लागि पहल गर्ने लगायतका विभिन्न मागहरूको लागि सरकारसँग पहल गर्ने निर्णय गरेको छ।

प्रकाशित: १६ श्रावण २०८० ०२:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App