८ मंसिर २०८१ शनिबार
image/svg+xml

गोर्खाल्यान्ड आन्दोलन : मुख्य एजेन्डामा छलफलै भएन

भारत पश्चिमबंगालमा जारी गोर्खाल्यान्ड आन्दोलनको विषयमा छलफल गर्न बसेको राज्य सरकार र आन्दोलनकारीबीचको वार्ता मुख्य एजेन्डामा प्रवेश नै नगरी सकिएको छ । छुट्टै ‘गोर्खाल्यान्ड राज्य’को मागमा भइरहेको वार्तामा पहाडमा चलिरहेको बन्द, आन्दोलनक्रममा भएका घटना, क्षतिपूर्ति, काम गर्न नपाएका चिया श्रमिकको ज्याला र अर्को वार्ता बस्ने विषयमा छलफल गरेरै सकिएको हो।

महिला व्यवसायी अन्तर्राष्ट्रिय सम्मेलन सुरु, कृषिसहित ४ क्षेत्रमा छलफल

काठमाडौंमा सोमबार दक्षिण एसियाली महिला व्यवसायीको दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । महिला उद्यमशीलताको विकास गर्ने मूल ध्येयसहित पहिलो महिला व्यवसायी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिएको हो ।

भवन अध्ययन प्रतिवेदन छलफलमा ढिलाइ

प्रतिवेदन आए पनि व्यस्तताले हेर्न नपाएको प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा जानकारी दिए । ‘प्रतिवेदन आइपुगेको छ । तर, व्यस्तताले गर्दा हेर्न पाएको छैन,’ प्रजिअ शर्माले भने, ‘सबै निकायलाई बैठकमा बोलाएर प्रतिवेदन हेर्नेछु ।’

परराष्ट्र र वैदेशिक रोजगार नीति बनाउन राजदूतसँग छलफल गरिने

व्यवस्थापिका–संसद्, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले नेपालको वैदेशिक नीति र श्रम तथा वैदेशिक रोजागर नीति कस्तो बनाउने भन्ने सम्बन्धमा विभिन्न देशमा रहेका नेपालका राजदूतलाई छलफलका लागि बोलाउने निर्णय गरेको छ ।

संविधान संशोधनमा दफाबार छलफल सुरु

लामो समयदेखिको रस्साकस्सी र मतभिन्नताका कारण थन्किएको संविधान संशोधन विधेयक अन्ततः व्यवस्थापिका संसद्मा दफावार छलफलका लागि बुधवार प्रस्तुत भएको छ। सभामुख ओनसरी घर्तिमगरले कांग्रेस र माओवादी नेतृत्वको गठबन्धन सरकारले पेस गरेको संविधान संशोधन विधेयक (दोस्रो) लाई दफावार छलफलका लागि प्रस्तुत गरेकी छिन्।

डा.भट्टराईसँग नयाँ छलफल प्रारम्भ गर्ने दाहालको भनाइ

मध्यपुरथिमि, गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा गत शुक्रबार प्रोष्टेट ग्ल्याण्ड मूत्रथैलीको शल्यक्रिया गरी उपचारार्थ भर्ना भएका डा.भट्टराईको स्वास्थ्य अवस्था बुझ्न अपराह्न अस्पताल आएका नेता दाहालले भने, 'डा.भट्टराईसँगको भेटमा गम्भीर छलफल भएको छ। अब छिट्टै एउटा नयाँ छलफलको प्रक्रिया प्रारम्भ हुन्छ भन्ने मलाई विश्वास छ।'

प्रवासको पत्रकारिताबारे फ्र्यांकफर्टमा छलफल

प्रवासी पत्रकारिताको सम्भावना र चुनौतीबारे जर्मनीको दक्षिणी सहर फ्रेंकफर्टमा छलफल भएको छ। युरोपबाट सञ्चालित नेपालीनेपाली डट कमको तेस्रो वार्षिकोत्सव अवसर पारेर जर्मनीमा सो विषयमा प्यानल छलफल भएको हो।

नेपाल–म्यानमार सम्बन्ध विस्तारमा छलफल

उपप्रधान तथा पारराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग नेपालका लागि म्यान्मारका राजदूत ल्विन ऊसँग भेटघाट गर्दै दुइ देशीय सहयोगका विषयमा छलफल गरेका छन्। परराष्ट्र मन्त्रालयमा मंगलबार भएको भेटवार्तामा नेपाल र म्यान्मारबीचको सम्बन्ध विस्तारका विभिन्न  विषयमा छलफल भएको हाे।

सचिवहरू छलफलमै व्यस्त

शबिारसम्म त्रिपुरेश्वर, थापाथली-माइतीघर, गौशाला–मित्रपार्क, कालिकास्थान–अनामनगर क्षेत्रका सडकमा 'कोल्ड मिक्स' र ग्राभेल गरी खाल्डा पुरिएको छ।

सरकार र राजपाबीच सिंहदरवारमा छलफल जारी

सत्ता गठबन्धन र राजपाबीच प्रधानमन्त्री कार्यालय सिंहदरवारमा छलफल भइरहेको छ। दोस्रो तहको निर्वाचनमा राजपालाई भाग लिन भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले राजपालाई बैठकमा डाकेका हुन्। छलफलमा राजपाका केन्द्रीय नेताहरु महन्थ ठाकुर, सरदसिंह भण्डारी, महेन्द्र राय यादव र अनिलकुमार झा सहभागी छन्।

चाँगुनारायणको मतगणना पुनः सुचारु गर्न छलफल

चाँगुनारायण नगरपालिकामा विवादका कारण मतगणना रोकिएपछि पुनः मतगणना सुरु गर्ने विषयमा सहमति गर्नाका लागि सर्वपक्षीय बैठक सुरु भएको छ।

प्रधानमन्त्री र राजपाका नेताहरुबीच छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय जनता पार्टी, नेपालका नेताहरुबीच दोस्रो चरणको निर्वाचनका विषयमा केन्द्रित रहेर सोमबार छलफल भएको छ ।

राष्ट्रपति ट्रम्पद्वारा रुस र सिरिया बारे छलफल

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वविदेश मन्त्री हेन्री किसिङगरसँग बुधबार रुस र सिरियासँगको सम्वन्धका बारेमा छलफल गरेका छन् ।

आयोगले दलका शीर्ष नेतासँग छलफल गर्ने

निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचनको समग्र तयारीका बारेमा सबै दलका शीर्ष नेतालाई छलफल लागि बोलाएको छ।

बालुवाटारमा दोस्रो चरणको निर्वाचनबारे छलफल

सरकारले प्रमुख राजनीतिक दलसँग संविधान संशोधन र दोस्रो चरणको निर्वाचनबारे छलफल गरेको छ। सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र, प्रमुख प्रतिपक्षी नेकपा एमाले र राजपाका नेताहरु सहभागी बैठकमा संविधान संशोधन विद्ययेक, दोस्रो चरणको स्थानीय तहको निर्वाचन र मधेसमा स्थानीय तहको संख्या थपबारे कुराकानी भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्