२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

‘ग्रीन हाइड्रो सम्बन्धी कानुन आवश्यक’

सरकारले ग्रीन हाइड्रोजन सम्बन्धी आवश्यक कानुन बनाएर कार्यान्वयन गर्नुपर्ने एक कार्यक्रमका वक्ताहरुले बताएका छन्। सरकारले गत माघ पहिलो साता ‘ग्रिन हाइड्रोजन नीति, २०८०’ ल्याइसकेको छ। अब तत्काल कानुन तथा कार्यविधिहरु बनाएर ग्रिन हाइड्रोजन उत्पादन र कार्वन व्यापारलाई प्रोत्साहन गर्नुपर्ने बताएका हुन्।

काठमाडौंमा सुशील कोइरला मेमोरियल फाउन्डेशनको आयोजना, जेन्यून कन्सलट्यान्सको  सह आयोजना र दोलखाली पत्रकार समाजको मिडिया सहकार्यमा शनिबार भएको नीतिगत छलफल कार्यक्रमका वक्ताहरुले यसबारे नीतिगत छलफल कार्यक्रममा सो कुरा बताएका हुन्। पुर्वमन्त्री पशुपति समशेर जबराले यसबारे स्पष्ट, सहज र दिर्घकालिन प्रकृतिको कानुनी बनाउनुपर्ने बताए।

‘अहिले विश्व बजार नै यसको व्यवसायीक उत्पादन तथा व्यापार गर्ने गरि अघि बढेको देखिन्छ। नेपालमा पनि यसको सम्भावना उच्च छ,’ उनले भने, ‘तसर्थ, यस सम्बन्धी कानुन बनाइहाल्नुपर्छ। कानुन मार्फत लगानीकर्तालाई प्रोत्साहन समेत गर्नुपर्छ।’

पुर्वमन्त्री शंकर भण्डारीले जलवायु परिवर्तन बिश्वब्यापी रुपमा देखा परेको गम्भीर समस्या भएको बताए। यस समस्यालाई मानवबाट नै समाधान गर्नुपर्ने बताए।

‘जलवायु परिवर्तनको समस्या मानवीय क्रियाकलापकै कारण आएको हो। यसको समाधान पनि मानवबाटै हुन्छ,’ उनले भने, ‘नेपालले सन् ०४५ सम्ममा हरित गृह ग्याँसहरुको कुल उत्सर्जन शुन्य बनाउने लक्ष्य लिएको छ। यो लक्ष्य प्राप्ती गर्न ग्रिन हाइड्रोजन उत्पादन र प्रयोगमा बढावा दिनुपर्छ।’  विद्युत् नियमन आयोगका अध्यक्ष दिल्ली बहादुर सिंहले यस सम्बन्धमा सरकारले नै आवश्यक कानुन निर्माण गर्नुपर्ने बताए।

सुशील कोइराला मेमोरियल फाउन्डेशनका अध्यक्ष अतुल कोइरालाले छलफल मार्फत नेपालमा हाइड्रोजन उत्पादन तथा भण्डारण, यसको व्यापारको सम्भावनाबारे ठोस निष्कर्ष आउने अपेक्षा भएको बताए।

काठमाडौं विश्वविद्यालय मेकानिकल इन्जीनियरीङ बिभागका एसोसियट प्रोफेसर विराजसिंह थापाले नेपालमा हाइड्रोजन उत्पादनको सम्भावना उच्च रहेको बताउँदै यथाशिघ्र आवश्यक कानुन बनाउनुपर्ने बताए। विश्वलाई सामान्य अवस्थामा ल्याउनको यसको आवश्यकता बढ्दै गएको उनको भनाइ छ।

‘आधुनिक समयमा विकासले आकाश छुँदै गर्दा बातावणीय प्रभाव भने बढ्दै गएको छ। बिगतमा अस्वच्छ ऊर्जा प्रयोग गर्नुपर्ने बाध्यताका कारण यो अवस्था आएको हो,’ उनले भने, ‘अब हामी त्यसबाट मुक्त भएर स्वच्छ ऊर्जाको प्रयोगमा अग्रसर हुनुपर्छ। यो अब एउटा निश्चित व्यत्ति, जाती समुदाय, समाज र देशको मात्रै बिषय रहेन, समग्र मानव सभ्यताको बिषय हो। मानव सम्भव्यता बचाउन सबै एक हुनुपर्छ।’

हाइड्रोजनबाटै सस्तो दरमा फलाम उत्खनन्, रसायनीक मल, लामो दुरीको सवारी साधान, रेल, बुल डोलर, उद्योग सञ्चालन गर्न सकिने उनले बताए, त्यसले अर्थतन्त्रमा ठुलो योगदान पुग्ने उनको भनाइ छ। साथै, यसको लागि बजार पनि पर्याप्त रहेको उनले बताए।

प्रकाशित: ६ फाल्गुन २०८० १२:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App