१२ श्रावण २०८१ शनिबार
image/svg+xml
राजनीति

माओवादीको केन्द्रको प्रथम विधान अधिवेशनः सुझाव सङ्कलन जारी

नेकपा (माओवादी केन्द्र) को प्रथम विधान अधिवेशनको तेस्रो दिन समूहगत छलफलबाट प्राप्त सुझाव सङ्कलन गर्ने काम सुरु भएको छ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेका विधान मस्यौंदामाथि समूहहरुबाट आज पनि सुझाव सङ्कलन गर्न सुरु गरिएको हो।

मङ्गलबारदेखि काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको अधिवेशनमा सहभागीलाई विभिन्न २० समूहमा विभाजन गरिएको थियो।

बुधबार १३ समूहबाट मस्यौंदा विधानमाथि सुझाव प्रस्तुत भइसकेको छ। बिहीवार बाँकी सात जनाले सुझाव प्रस्तुत गरिसकेपछि प्रधानमन्त्री एवं पार्टी अध्यक्षले जवाफ दिनेछन्।

प्रकाशित: ३ फाल्गुन २०८० १२:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App