१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक ९ बजेबाट

फाइल तस्बिर

प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरू आज पनि छलफलमा जुट्दैछन्।

राष्ट्रिय सभा निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफल गर्न तीनै दलका शीर्ष नेताहरूको बैठक बिहान ९ बजे बस्न लागेको हो।

बुधवार बेलुका भएको छलफलले कुनै निष्कर्स ननिस्के पछि आज फेरि तीनै दलका नेताहरू छलफल गर्न लागेका हुन्।

यसअघि बुधवार प्रधानमन्त्री पुष्पकमल दाहालसँगको छलफलमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभाको सिट बाँडफाँटमा एमालेलाई नछुटाउन आग्रह गरेका थिए। एमालेको सो आग्रहबारे के गर्ने भन्ने टुङ्गो नलागेपछि आ–आफ्नो दलभित्र छलफल गरेर पुनः बैठक बस्ने सहमति भएको थियो। सोही सहमति अनुसार आज पनि शीर्ष नेताहरू बैठक बस्न लागेका हुन्।

प्रकाशित: १९ पुस २०८० ०१:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App