२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

गाजामा शान्ति स्थापनाबारे विश्वका ५ मुलुक छलफलमा

तीन महिनाभन्दा लामो समयदेखि गाजामा जारी युद्ध रोक्न र शान्ति कायम गर्ने विषयमा विश्वका ५ मुलुक छलफलमा जुटेका छन्। गाजा वार्ताका लागि फ्रान्सको पेरिसमा अमेरिका, इजरायल, इजिप्ट, कतारका अधिकारीहरू छलफलमा जुटेका छन्।

अमेरिकी केन्द्रीय गुप्तचर एजेन्सीका प्रमुखका साथै शीर्ष इजिप्ट, कतारी र इजरायली अधिकारीहरूले गाजामा युद्धविरामका लागि आइतबार पेरिसमा कुराकानी अगाडि बढाएका हुन्।

फ्रान्सेली अधिकारीहरू पनि इजरायल र प्यालेस्टिनी लडाकु समूह हमास बीचको शत्रुता रोक्न वार्ता गर्ने उद्देश्यले यी चार देशहरूसँग  नियमित सम्पर्कमा रहेको बताइएको छ।

वार्तामा सहभागीहरूका निकटस्थहरूले यसबारे जानकारी गराएका छन्। रासस

प्रकाशित: १५ माघ २०८० ०१:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App