३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

विशेष महाधिवेशन’को पक्षमा अर्घाखाँची कांग्रेस

नेपाली कांग्रेस अर्घाखाँची ‘विशेष महाधिवेशन’को जोडदार आवाज उठाएको छ ।  

जिल्ला सभापति केशव श्रेष्ठ, सचिवद्वय कृष्णप्रसाद खनाल र अच्यूत गौतमको संयुक्त हस्ताक्षरित विज्ञप्ति जारी भएसँगै अर्घाखाँचीको राजनीतिक वृत्त तातेको हो ।  

यसअघि नै यहाँका ९२ प्रतिशत महाधिवेशन प्रतिनिधीले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर गरिसकेका छन् ।  

आज विज्ञप्तिनै आएपछि नेपाली कांग्रेसका नेता कार्यकर्ता काठमाडौं जाने क्रम सुरु भएको छ । विज्ञप्तिमा सबै महाधिवेशन प्रतिनिधिलाई विशेष महाधिवेशनमा सहभागी हुन अपिल गर्नुका साथै नेपाली कांग्रेसका सबै तहका पदाधिकारी एवं सदस्यहरुलाई विशेष महाधिवेशनमा होमिन आव्हान गरेको उल्लेख छ ।  

महाधिवेशन उद्घाटनमा अर्घाखाँचीको पञ्चेबाजा र र्‍यालीसहितको कार्यक्रम रहेको नेपाली कांग्रेस अर्घाखाँचीले जनाएको छ । अर्घाखाँचीबाट २८ जना महाधिवेशन प्रतिनिधि छन् ।

मिति नजिकिदै जाँदा जिल्ला–जिल्लामा विशेष महाधिवेशनको रौनक बढेको छ । अर्घाखाँचीबाट ५०० भन्दाबढी युवा काठमाडौं जाने तरुण दल नेता राजकुमार श्रेष्ठले जानकारी दिए ।

प्रकाशित: २४ पुस २०८२ २०:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App