५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

तीस वर्षदेखि फरार अभियुक्त पक्राउ

व्यक्ति कूटपिट तथा अङ्गभङ्गसम्बन्धी मुद्दामा फरार रहेका एक अभियुक्तलाई प्रहरीले ३० वर्षपछि पक्राउ गरेको छ।

बलात्कारका अभियुक्त दुई जनालाई १३ र ११ वर्ष कैद

उदयपुर जिल्ला अदालतले फरक फरक ठाउँमा भएका बालिका र महिला बलात्कारीलाई कैद र जरिवानाको फैसला सुनाएको छ। अदालतले बालिका बलात्कार अभियोगमा पक्राउ परी पुर्पक्षमा थुनामा रहेका १८ वर्षीय युवकलाई १३ वर्ष कैद र १५ हजार जरिवाना तथा महिला बलात्कार अभियुक्तलाई ११ वर्ष कैद र ५० हजार जरिवानाको सजाय सुनाएको हो।

लागू औषधका फरार अभियुक्त पक्राउ

लागू औषधको मुद्दामा दोषी ठहर भए पनि ६ वर्षअघि देखि फरार भएका उदयपुरका एक अभियुक्त पक्राउ परेका छन् । लागू औषध कारोबारमा जिल्ला अदालत उदयपुरले २०७१ वैशाख १३ गते दुई महिना कैद र दुई हजार जरिवाना भराउने फैसला गरे पनि फरार रहेका त्रियुगा नगरपालिका १२ का २८ वर्षीय शोभित चौधरी पक्राउ परेका हुन् ।

वन मुद्दाका फरार अभियुक्त ४ वर्षपछि पक्राउ

वन मुद्दामा झण्डै डेढ लाख रुपैयाँ जरिवाना सजायका भागीदार भए पनि फरार रहँदै आएका उदयपुरका एक अभियुक्त ४ वर्षपछि पक्राउ परेका छन् ।

फरार दुई अभियुक्त पक्राउ

लागुऔषध र बहुविवाह आरोपमा दोषी सावित भए पनि वर्षौंदेखि फरार रहेका दुई अभियुक्तलाई उदयपुर प्रहरीले पक्राउ गरेको छ ।

चोरी मुद्दाका फरार अभियुक्त पक्राउ

चोरी आरोपमा प्रहरीले बुधबार एकजनालाई पक्राउ गरेको छ । काभ्रेपलाञ्चोक, नाग्रेगगर्चे गाउँपालिका वडा ९ रुपकोट घर भई हाल भक्तपुर नगरपालिका वडा नं. २ बस्ने रामबहादुर भन्ने कृष्णबहादुर प्रधानलाई पक्राउ गरेको हो ।

उदयपुरमा बलात्कार अभियुक्त ६ वर्षपछि पक्राउ

जवरजस्ती करणी आरोपमा सजाय पाए पनि ५ वर्षदेखि फरार रहेका उदयपुरका एक अभियुक्त पक्राउ परेका छन्। स्थानीय एक महिलामाथि जवरजस्ती गरेको आरोपमा जिल्ला अदालतले ६ वर्षअघि ५ वर्ष कैद सजायको फैसला सुनाए पनि फरार रहेका त्रियगा नगरपालिका–६ जलजलेका ३३ वर्षीय देव राई शुक्रबार पक्राउ परेको प्रहरीले जनाएको छ।

सुस्मिता हत्या प्रकरण : अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

जिल्ला अदालत मकवानपुरले हेटौँडा उपमहानगरपालिका–४ कर्रा बस्ने सुस्मिता केसी थापाको हत्या अभियोगमा पक्राउ परेका एकै परिवारका चार जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

पन्ध्र वर्षदेखि फरार वन्यजन्तु अपराधका अभियुक्त पक्राउ

विगत १५ वर्षदेखि फरार हुँदै आएका वन्यजन्तु अपराध मुद्दाका फरार अभियुक्तलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले आज पक्राउ गरेको छ ।

प्रहरी भन्छ : बदला, रिस र आवेगले पाँच जनाको ज्यान लियो

साेमबार भैसी फार्म भित्र भएको पाँच जनाको हत्यामा संलग्न मुख्य अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । रुपन्देहीको तिलोत्तमा १० मैनहवास्थित गंगादेवि पशुपंक्षी फार्ममा कार्यरत तीन जना सहित पाँच जनाको हत्यामा संलग्न मुख्य अभियुक्त सुर्खेतका झसेन्द्र बहादुर सिंजालीलाई प्रहरीले बुधबार सार्वजनिक गरेको हो ।

राजपुर हत्याकाण्डका अर्का अभियुक्त पक्राउ

चर्चित राजपुर हत्याकाण्डका एक आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । २०६४ चैत २७ गते संविधान सभाको निर्वाचनको पूर्व सन्ध्यामा तत्कालीन राजपुर फरहदवा गाविस वडा नम्बर ४ हाल हाल राजपुर नगरपालिका वडा नम्बर ४ मा रहेको शेख ईद्रिसको गोठघरमा भएको बम विस्फोटमा परी मृत्यु हुने तथा घाइते हुनेहरुलाई जलाइएको भनिएको राजा इँटा उद्योगका एकजना मिस्त्रीलाई प्रहरीले पक्राउ गरेको हो ।

अप्राकृतिक मैथुन आरोपमा फारार अभियुक्त चार महिनापछि पक्राउ

अप्राकृतिक मैथुन गरेको आरोपमा एक जना पुरुष पक्राउ परेका छन् । एक स्थानीय पुरुषलाई नै अप्राकृतिक मैथुन गरि फरार रहेको एक जना पुरुषलाई प्रहरीले चार महिनापछि पक्राउ गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्