१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

प्रहरी भन्छ : बदला, रिस र आवेगले पाँच जनाको ज्यान लियो

मैनहवाको सामूहिक हत्या काण्डका मुख्य अभियुक्त सार्वजनिक

साेमबार भैसी फार्म भित्र भएको पाँच जनाको हत्यामा संलग्न मुख्य अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ ।  रुपन्देहीको तिलोत्तमा १० मैनहवास्थित गंगादेवि पशुपंक्षी फार्ममा कार्यरत तीन जना सहित पाँच जनाको हत्यामा संलग्न मुख्य अभियुक्त सुर्खेतका झसेन्द्र बहादुर सिंजालीलाई प्रहरीले बुधबार सार्वजनिक गरेको हो ।  

झसेन्द्र सोही फार्मका कामदार हुन्। प्रहरीले उनलाई मंगलबार बिहानै घटना स्थल नजिकै भुस र परालमा लुकेको अवस्थामा नियन्त्रणमा लिएको थियो । सुर्खेतको लेकबेसी नगरपालिका–५  स्थायी घर भएका ३१ वर्षे सिजांली  बिगत डेढ महिना देखि सोही फार्ममा काम गर्थे । प्रहरीका अनुसार सिंजालीले आफूलाई सबैले हेला गरेको, फार्मका कामदार र गाउँका अन्यले समेत भैसीसंग जोडेर अनैतिक काम गरेको भन्ने आरोप लगाएकाले रिस फेर्न हत्या गरेको बयान दिएका छन् ।  

घटनाको अनुसन्धानका लागि बनेको छानबिन टोलीका प्रमुख बरिष्ठ प्रहरी उपरिक्षक राजकुमार बैदवारका अनुसार अभियुक्तले आफूमाथि अनैतिक आरोप लगाउनेलाई हत्या गर्ने योजना अनुरुप नै मादक पदार्थ सेवन गरी गराइ फरुवा र लाठीले हानेर हत्या गरेको बयान दिएका छन् । ‘प्रारम्भिक अनुसन्धान र अभियुक्तको बयान अनुसार उसले आफ्नो चरित्र हत्या गरीएको र ठग भनेर आरोप लगाएकाले आवेगमा आएर हत्या गरेको देखिन्छ’ एसएसपि बैदवारले भने । पहिले लाठीले हानेर घाइते बनाएको र त्यसपछि फरुवाले हत्या गरेको देखिन्छ’ एसएसपि बैदवारले भने । आफूलाई श्रीमतीले छोडेर गएको कुरालाई समेत जोडेर चरित्र हत्या गरीएको र शाहुलाई खेल लगाएर गाली खुवाएकाले सबैलाई ठिक पार्ने सोचले हत्या गरेको बयान दिएको प्रहरीले जनाएको छ ।  

प्रहरीले घटना स्थलबाट हत्यामा प्रयोग गरीएको भनिएको फरुवा, लाठीसहित मदिराका बोतल, हसिया र मुसा मार्न प्रयोग हुने ३ पोका कमाण्ड नामक बिष पनि बरामद गरेको छ । प्रहरीले अभियुक्त विरुद्ध कर्तब्य ज्यान कसुरमा जिल्ला अदालत रुपन्देहीबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जनाएको छ । मदिरामा नशालु पदार्थ मिसाएर खुवाएको आशंका पनि प्रहरीले गरेको छ । घटनाको अनुसन्धानलाई अन्य कोंणबाट समेत जारी नै राखेको एसएसपि बैदवारले बताए ।

सोमबार राति ११ बजेको समयमा सैनामैना ५ स्थाइ घर भइ सोही फार्ममै बसेर मजदुरी गर्ने दम्पत्ती  माधव मुसहर र जानकी मुसहर,फार्ममै कायरत १६ वर्षे पोखराज मुसहरसहित मैनहवाकै करण चौधरी र आषिस थारुको हत्या भएको थियो । आशिष र करण फार्मका कामदार होइनन् । उनीहरु वाइफाइ चलाउन पाइने भन्दै पोखराजको साथ लागेर फार्ममा बस्न आएका थिए ।  

झसेन्द्र डेढ महिना अघि सो फार्ममा काम खोज्दै आएका थिए । त्यसअघि उनी मैनहवा नजिकैको शिवपुर गाउँको एक पशु फार्ममै काम गर्थे । त्यहाँ छदा श्रीमतीले आफूलाई छोडेर गएको भन्दै उनी गंगादेवि पशु फार्ममा आएको बताइएको छ । सोमबार घटना हुन अघि सबै जना बसेर मादक पदार्थ सेवन गरेको पाइएको अनुसन्धानमा संलग्न रुपन्देहीका प्रहरी प्रमुख एसपि हेमकुमार थापाले बताए । 

घटनाका क्रममा मृत्तक जानकी मुसहरले प्रतिकार गरेको देखिएको उनले बताए । प्रहरीले जानकीले प्रतिकार गर्दै हसियाले हान्दा अभियुक्तको हातमा चोट लागेको जनाएको छ । प्रहरीले बदलाको भाव, रिस र  आवेगका कारण एकै व्यक्तिले पाँच जनाको हत्या गरेको अनुसन्धान रिर्पोटमा उल्लेख गरेपनि स्थानीयले भने घटना स्थलको अवस्था र प्रकृती हेर्दा एकै व्यक्तिले सो घटना घटाए भनेर विश्वास गर्न नसकीने बताएका छन ।  

पाँचै जनाको शव भैसी बाध्ने भकारो नजिकै खाली ठाँउमा बिस्तारमा थुपुक्क सुताइएको अवस्थामा थियो । शव सुताइएको स्थान वरपर कतै रगत लतपतीएको थिएन । सो स्थान वरपरका सामानहरु समेत मिलाएर राखीएको अवस्थामा देखिएको मंगलबार सबेरै घटना स्थल पुगेका वडा न १० का वडाध्यक्ष व्यासमुनी थारुले बताए । थारुले घटना स्थलको प्रकृति हेर्दा अन्य अपराधिक तत्वकोपनि हात हुन सक्ने भन्दै घटनालाई गहीरो गरी अनुसन्धान गर्नुपर्ने बताए । प्रहरीले मृतक जानकीले हत्या हुनु अघि प्रतिकारमा उत्रेको भनेपनि घटना स्थलको करिब २० मिटर परको कोठामा सुतेकी मृतक जानकीकी बहिनीले समेत राति आफूले केही थाहा नपाएको बताएकी थिइन ।

 मृतक माधव र झसेन्द्र बिच पटक पटक झैझगडा भएको र माधवले  साहुलाई खेल लगाएर गाली खुवाउने बयान अभियुक्तले दिएको प्रहरीले जनाएको छ । तर फार्म संचालकहरुले भने झसेन्द्र र अन्य कामदार बिचको झगडा आफूहरुलाई थाहा नभएको मंगलबारै प्रतिक्रिया दिएका थिए । हत्या गरीएका पाँचै जनाको शव बुधबार पोष्टमार्टम गरी परिवारको जिम्मा लगाइएको छ ।

प्रकाशित: २८ जेष्ठ २०७७ १५:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App