८ वैशाख २०८१ शनिबार
समाज

फरार अभियुक्त पक्राउ

प्रहरीले चोरी मुद्दामा फरार एकजना अभियुक्तलाई आइतबार पक्राउ गरेको छ । भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका वडा नं ३ बाराहीस्थान बस्ने वर्ष २७ को सुरेश देशेमरुलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।  

श्रीदेबी धवाको जाहेरीले बादी नेपाल सरकार प्रतिबादी देशेमरु भएको चोरी मुद्दामा भक्तपुर जिल्ला अदालतबाट २०७२ माघ १७ गते २ दिन कैद र २० हजार जरिवाना फैसला भएका उनलाई पक्राउ गरिएको हो । परिसरबाट खटाइएको प्रहरी टोलीले उनलाई पक्राउ गरिएको हो । निजलाई भक्तपुर जिल्ला अदालतमा पेश गरेकोमा जरिवाना तिरी छुटेको जनाइएको छ ।

प्रकाशित: ११ श्रावण २०७७ १४:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App