बालगृहका बालबालिकाको अनलाइन कक्षा प्रभावकारी बनाउन स्मार्ट फोन
अभिभावकविहीन बालबालिकाको अनलाइन कक्षा प्रभावकारी बनाउन स्मार्ट फोन सहयोग गरिएको छ।
अभिभावकविहीन बालबालिकाको अनलाइन कक्षा प्रभावकारी बनाउन स्मार्ट फोन सहयोग गरिएको छ।
यस वर्षको नयाँ शैक्षिक सत्र असार १ गतेदेखि संचालन हुने सरकारले तय गरेको छ । तर हालसम्म पाठ्यपुस्तक छपाई र वितरणको कार्य भने अन्योल बनेको छ ।
काठमाडौंको एक विद्यालयले साढे १० बजेबाट जुममार्फत् कक्षा सुरु हुने जानकारी मेसेन्जरमार्फत् विद्यार्थीलाई दिए। विद्यालयले अनलाइन कक्षा सञ्चालनका लागि भनी गत वर्षको जेठमै कक्षागत रुपमा मेसेन्जरमा ‘एकाउन्ट क्रियट’ गरेको थियो।
सरकारले विश्व बैंकसँग उच्च शिक्षा सुधारका लागि साढे ६ अर्ब ऋणबापत लिएको रकम मुख्य लक्ष्य पूरा नै नगरी सकिएको छ। २०७१ सालदेखि कार्यान्वयनमा आएको परियोजना २०७७ पुसमा सकिएको छ।
सडक विस्तारका क्रममा पोल सार्न बिना सूचना बत्ती जाँदा जुमका माध्यमबाट अध्ययन गरिरहेका विद्यार्थी प्रभावित भएका छन्।
वर्तमान युग प्रविधिको युग हो। अचेल प्रविधिको प्रयोग विना मानिसले दैनिक जीवन नै जीउन नसक्ने भएको छ। अझ कोरोना महामारीले विश्वको हरेक क्षेत्र, तह–तप्कालाई आक्रान्त बनाएर समाजले यति लामो अकल्पनीय परिस्थिति बेहोर्नुपरेको बेला विद्यार्थीका लागि भर्चुअल सिकाईं नै उपयुक्त भएको छ।
धनगढी उप–महानगरपालिका–४, बसपार्कका सन्दीप भट्टको हिजोआजको दिनचर्या घरमै ल्यापटप खोलेर अनलाइन कक्षा लिनमै वितिरहेको छ।
समुदायलाई सचेत पार्न, कठिन अवस्थामा बालबालिकाको सिकाइलाई निरन्तरता दिन, बालबालिकाको सिकाइमा अभिभावकको भूमिका वृद्धि गर्न शिक्षकसँग सूचना र प्रविधिको ज्ञान आवश्यक रहेछ भन्ने अहिले धेरैलाई महसुस भएको छ।
ग्रामीण क्षेत्रका लागि अनलाइन शिक्षा प्रभावकारी नहुने सरोकारवालाहरुले बताएका छन्। सुगम जिल्लाका रुपमा लिइने नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का विभिन्न क्षेत्रमा फोन गर्नसमेत मोबाइल नेटवर्क उपलब्ध नहुने अवस्थामा अनलाइन शिक्षा प्रभावकारी हुन नसक्ने शिक्षक, अभिभावक तथा विद्यार्थीको गुनासो छ।
कोभिड, १९ को जोखिमका कारण बन्दाबन्दीमा विद्यालयहरुले वैकल्पिक माध्यमबाट गरेको सिकाइ सहजिकरणलाई सिकाइ पाठ्यघण्टामा जोडिने निर्देशिका जारी भएको छ। अब विद्यार्थीहरुले विद्यालय बाहिर रहेर गरेको विभिन्न माध्यमको सिकाइलाई समेत पाठ्यक्रममा जोडिने गरि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थी सिकाइ सहजिकरण निर्देशिका,२०७७ जारी गरेको छ।
कोरोना महामारी जोखिमका कारण मुलुकभरिका शैक्षिक संस्थाहरु बन्द छन्। यही अवस्थालाई मध्यनजर गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बालबालिकाको शिक्षण सिकाइ सुचारु गर्न कार्यन्वयनमा ल्याएको वैकल्पिक प्रणालीबाट विद्यार्थीको सहजीकरण निर्देशिका २०७७ ले सबै बालबालिकालाई समेट्न नसकी प्रभावविहिन बनेको स्थानीय तहहरुको निष्कर्ष रहेको छ।
इन्टरनेटसहितको मोबाइल चलाउन दिए छोरीहरू बिग्रने सोच अभिभावकमा हुँदा अनलाइन शिक्षामा छात्राको पहुँच कम देखिएको छ । नेपाली समाजमा अझै पनि छोराछोरीबीच विभेद कायमै छ। यस्तो सोच काठमाडौं महानगरपालिकाजस्तो सहरी क्षेत्रका अभिभावकमा पनि रहेको सुन्दा आश्चर्य लाग्न सक्छ। तर यो यथार्थ हो।
सरकारले आफ्ना माग पूरा नगरेको भन्दै निजी विद्यालय सञ्चालकले बिहीबारदेखि अनलाइन पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। बुधबार निजी विद्यालयकोछाता संगठन प्याबसन र नेसनल प्याबसनलेअनलाइन कक्षा अनिश्चितकालसम्मका लागि बन्द गर्ने भएका हुन्।
राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिले कोभिड १९ बाट प्रभावित शिक्षा क्षेत्रलाई नियमित गर्न अनलाइन कक्षालाई प्रभावकारी बनाउन सरकारलाई निर्देशन दिएको छ ।
सामुदायिक विद्यालयका शिक्षक–शिक्षिकामा रहेको शिक्षणलाई जागिरका रूपमा मात्र लिने प्रवृत्तिले लकडाउनमा आफ्ना विद्यार्थीलाई कसरी शिक्षणस“ग जोड्ने भन्ने विषयमा कुनै तदारुकता पाइँदैन।