१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

अनलाइनमा आधारित सिकाईंका लागि विद्यार्थीलाई ट्याब र सिम कार्ड

एसओएस बालग्राम इटहरीले विद्यार्थीलाईं सञ्चार र शैक्षिक सामग्री प्रदान गर्दै । तस्बिर : नागरिक

वर्तमान युग प्रविधिको युग हो। अचेल प्रविधिको प्रयोग विना मानिसले दैनिक जीवन नै जीउन नसक्ने भएको छ। अझ कोरोना महामारीले विश्वको हरेक क्षेत्र, तह–तप्कालाई आक्रान्त बनाएर समाजले यति लामो अकल्पनीय परिस्थिति बेहोर्नुपरेको बेला विद्यार्थीका लागि भर्चुअल सिकाईं नै उपयुक्त भएको छ। तर, यसका लागि सूचना र सञ्चारका साधनहरुको उपलब्धतासँगै त्यसको प्रयोगबारे ज्ञान हुनुपर्छ।

अनलाइनमा आधारित शिक्षण सिकाईं गर्न इटहरीको एसओएस बालग्राम इटहरीले २३ परिवारका विद्यार्थीलाईं स्यामसुङ्को ट्याब र शैक्षिक सामग्री बुधबार प्रदान गरेको छ। परिवार सुदृढीकरण कार्यक्रम अन्तर्गत आर्थिक अवस्था दयनीय भएका र एकल परिवारका सन्तानलाई अनलाइनमा आधारित सिकाई गर्न ट्याबसँगै नेपाल टेलिकमको एउटा सिम र एक हजार रुपैयाँ ब्यालेन्स पनि उपलब्ध गराएको एसओएसका निर्देशक देवचरण चौधरीले बताए। उनका अनुसार कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने विद्यार्थीका लागि सामग्री प्रदान गरिएको हो।  

एसओएस हर्मनमा कक्षा ६ देखि १० सम्म ५५० जना विद्यार्थी अध्ययनरत छन्। यीमध्ये एक सय १५ जना एसओएसको पारिवारिक संरक्षणमा रहेका छन्।  

एसओएसको संरक्षणमा रहेका ५६ जनाका लागि सञ्चारका सामग्री प्रदान गरिएको चौधरीले बताए। बालग्रामले विपन्न परिवार र एकल परिवारका सन्तानमध्ये १५० परिवारका लागि एकपटक एकमुस्ट पाँच हजार र तिनका सन्तानका लागि प्रत्येक महिना एक हजार पाँच सय पैसा प्रविधिको प्रयोगमार्फत सिकाईं गर्न प्रदान गरिएको निर्देशक चौधरीले बताए। एसओएसमा अध्ययन गर्ने अन्यको पनि आर्थिक हैसियत मजबुद भएकाले गर्दा सञ्चार साधनका सिकाईं सामग्री आफै खरीद गरि सकेका छन्।

महामारीको शुरुवातमा एसओएसले कक्षा ६ देखि १० सम्मका विद्यार्थीका लागि शिक्षकले नोट तयार गरेर घर घरमा वितरण गरि विद्यार्थीलाईं प्रदान गर्दैै आएकोमा अब भने सवैको सञ्चार सिकाई सामग्री उपलब्ध भएकाले गर्दा अनलाइन कक्षा गर्ने भएको छ। कक्षा ६ भन्दामुनीका विद्यार्थीका लागि भने शिक्षकले तयार गरेको नोट तयार गरि घर–घरमा पुर्‍याउने गरिएको छ। बालग्रामको संरक्षणमा रहेका विद्यार्थीका लागि भने प्रत्येक कोठामा दुई–दुईवटा कम्प्यूटर भएकाले गर्दा अनलाइन नै कक्षा हुने गरेको छ।

प्रकाशित: २६ कार्तिक २०७७ १२:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App