४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

विराटनगरमा एक जना कोरोना संक्रमितको मृत्यु

प्रदेश १ मा कोरोनाको "हट्स्पट" बनेको विराटनगरमा थप एक जनाको ज्यान गएको छ। विराटनगरकी एक जना कोरोना संक्रमित महिलाको मंगलबार राती उपचारकै क्रममा मृत्यु भएको हो।यहाँको विराट शिक्षण अस्पतालमा उपचाररत विराटनगर ११ की ४४ वर्षीया कोरोना संक्रमीत महिलाको मृत्यु भएको सामाजिक विकास मन्त्रालय स्रोतले जनाएको छ।

भयावह बन्दै भक्तपुरमा कोरोना भाइरस

भक्तपुरमा पछिल्लो दिनहरुमा कोरोना भाइरसको जोखिम बढ्दै गएको छ। चार वटा नगरपालिकाहरुमध्ये काठमाडौंसँंग जोडिएको यहाँंको मध्यपुर थिमि नगरपालिका क्षेत्रमा समुदायस्तमै कोरोना संक्रमण भएको भन्दै चिन्ता व्यक्त गर्न थालिएकाे छ।

थपिए ८५५ कोरोना संक्रमित, संक्रमितको संख्या ३३ हजार नाघ्यो

पछिल्लो २४ घण्टामा थप ८५५ जनामा कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ३ सय २७ स्वाब परीक्षण गरिएको थियो। यो सँगै कुल संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको छ।

भैरहवामा कोरोना संक्रमितको मृत्यु, कोरोनाको नाममा उपचारमा खेलवाड

रुपन्देहीमा एक जना कोरोना संक्रमित पुरुषको गएराती मृत्यु भएको छ। गैडहवा गाँउपालिका ३ का ५५ वर्षे ती पुरुषको भिम अस्पताल भैरहवामा मृत्यु भएको हो। भैरहवा मेडिकल कलेजबाट रेफर गरेर सोमबार भिममा ल्याइएका ती संक्रमितको उपचारकै क्रममा गएराती मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा सुमित प्रजापतीले बताए।

विश्वको तुलनामा नेपालमा कोरोना निको हुने दर १० प्रतिशत कम !

नेपाल कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट निको हुने दर क्रमशः घट्दै गएको छ। विश्वको तुलनामा नेपालमा सङ्क्रमणबाट निको हुने दर करिब १० प्रतिशतले कम रहेको छ। अहिले नेपालमा निको हुने दर ५८.३ प्रतिशत रहेको छ भने विश्वमा ६८.१ प्रतिशत रहेको छ।

बारामा एकै दिन थपिए ९२ जना नयाँ संक्रमित

जिल्लामा अहिलेसम्मकै सबै भन्दा बढि ९२ जना कोरोना भाइरस संक्रमितको संख्य सोमबार थपिएको छ।

उपत्यकामा थपिए २२४ कोरोना संक्रमित

काठमाडौं उपत्यकामा थप २२४ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा १७७ जना, ललितपुरमा ३३ र भक्तपुरमा १४ जना संक्रमित थपिएका हुन्।

कोरोनासँगै अर्थतन्त्र कसरी उकास्ने ?

सय वर्षअघिको स्पेनिस फ्लु र अहिलेको कोरोना महामारी उस्तै लाग्छन्। इतिहासमा पढ्दा त्यो पनि अहिलेजस्तै जोखिमपूर्ण रहेको थाहा पाइन्छ। समग्र विश्वलाई हेर्दा कोरोना महामारी दोस्रो चरणमा गएको देखिन्छ।

कोरोना नियन्त्रणबारे गगनको मेयर शक्यलाई सुझाव : तपाई सफल हुनु नागरिक सुरक्षित रहनु हो

नेपाली कांग्रेसमा युवा नेता तथा सांसद गगन थापाले काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई भेटेर कोरोना नियन्त्रणबारे सुझाव दिएका छन्।

उपत्यकामा थपिए १६६ संक्रमित

काठमाडौं उपत्यकामा १६६ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा १२६ जना, ललितपुरमा १२ र भक्तपुरमा २८ जना संक्रमित थपिएका हुन्।

रुपन्देहीमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु

बुटवलको कोरोना विशेष अस्पतालमा उपचारत दुई जनाको आज मृत्यु भएको छ। मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका १ की एक महिला र सम्मरीमाइ गाँउपालिका २ का एक पुरुष छन्। उनीहरु दुवै जनाको धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालको आइसीयु कक्षमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

प्रसूतिगृहमा कार्यरत ८ जनामा कोरोना संक्रमण

परोपकार प्रसूतिगृहमा कार्यरत ८ जनामा कोरोना संक्रमण भएको छ। अस्पतालकी निर्देशक डा. संगिता मिश्रका अनुसार नर्स, फार्मेसी तथा सुरक्षा गार्डलाई संक्रमण भएको हो। संक्रमित मध्ये दुई जना अस्पतालको आइसोलेसनमा रहेका छन् भने अन्य ६ जना होम आइसोलेसनमा छन्।

कोरोनाका कारण लग्जम्वर्गमा १ नेपालीको मृत्यु

विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट यो साता विदेशमा थप १ जना नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता लग्जम्वर्गमा थप १ जनाको निधन भएको हो।

‘होम आइसोलेसन’ मा बसेका संक्रमितको प्रश्न : अस्पताल पुग्न पनि भनसुननै गर्नुपर्ने ?

काठमाडौंमा कार्यरत बैंकका एक उच्च कर्मचारीलाई केहीदिनदेखि रुघा खोकी लागिरहेको थियो। तरकेश्वर नगरपालिकामा बस्दै आएका उनी कोरोनाको शंका लागेपछि ग्रान्डी अस्पताल पुगेर स्वाब परीक्षण गराए।

पिसिआर नेगेटिभ ! सुरक्षित कि झन् असुरक्षित ?

पिसिआरको नतिजा नेगेटिभ देखे धेरैले कोरोनाले उप्रान्त कहिल्यै छुँदैन र संक्रमण नै गर्दैन भन्ने भ्रम पालेको उनीहरूकै क्रियाकलापबाट झल्किन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्