४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

बारामा एकै दिन थपिए ९२ जना नयाँ संक्रमित

जिल्लामा अहिलेसम्मकै सबै भन्दा बढि ९२ जना कोरोना भाइरस संक्रमितको संख्य सोमबार थपिएको छ।

सोमबार थपिएको संख्यासँगै जिल्लामा कोरोना संक्रमितको संख्या  ६९२ पुगेको छ। संक्रमित मध्ये १० जनाले ज्यान गुमाएका छन्। भने २७१ जना निको भएर घर फर्केका छन्। बाँकी रहेका ४१३ संक्रमितहरु अस्थायी कोरोना अस्पताल, होम आइसोलेसन, स्थानीय तहको आइसोलेसनमा उपचारको क्रममा रहेको स्वास्थ्य कार्यालय बाराले जनाएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र नारायणी अस्पतालको प्रयोगशालाबाट आएको रिपोर्ट अनुसार ९२ जना नयाँ संक्रमित भेटिएको जिल्ला स्वास्थ कार्यालय बाराका निरीक्षक तथा कोरोना रोगका फोकल पर्सन शंकर प्रसाद गुप्ताले बताएका छन्।

कलैया उपमहानगरपालिकाले ३४६ जनाहरुको स्वाब संकलन गरेर टेकुमा परीक्षणका लागि पठाएकोमा ७२ जनामा कोरोना संक्रमण पुष्टि गरिएको गुप्ताले बताए। भने जितपुर सिमराका ८३ जनाको स्वाब संकलन गरि नारायणीमा पठाएकोमा १७ जनामा कोरोना पुष्टि भएको गुप्ताको भनाइ छ। १ जना परवानीपुरका समेत रहेको उनले बताए।  

संक्रमित मध्ये ६६ जना पुरुष र २६ महिला रहेको गुप्ताको भनाइ छ।

नयाँ थपिएको संक्रमित मध्ये कलैया उपमहानगरपालिकाका जनप्रतिनिधी, कर्मचारी र बिभिन्न वडाका सर्वसाधारण गरेर ७२ जना रहेका छन भने जितपुरसिमरा उपमहानगरपालिका २१ र २२ अमलेखगंजका सर्वसाधारण १७ रहेको गुप्ताले बताए।

 

प्रकाशित: ८ भाद्र २०७७ १२:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App