४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

भैरहवामा कोरोना संक्रमितको मृत्यु, कोरोनाको नाममा उपचारमा खेलवाड

रुपन्देहीमा एक जना  कोरोना संक्रमित पुरुषको गएराती मृत्यु भएको छ। गैडहवा गाँउपालिका ३ का ५५ वर्षे ती पुरुषको भिम अस्पताल भैरहवामा मृत्यु भएको हो। भैरहवा मेडिकल कलेजबाट रेफर गरेर सोमबार भिममा ल्याइएका ती संक्रमितको उपचारकै क्रममा गएराती मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा सुमित प्रजापतीले बताए।  

घरको छतबाट खसेर गम्भिर घाइते भएका बिरामीको युनिर्भल मेडिकल कलेज भैरहवामा उपचारकै क्रममा कोरोना पोजेटिभ रिर्पोट आएपछि  भिममा ल्याइएको थियो। आइसीयुमा राखेर उपचार गर्नु पर्ने बिरामीको आइसोलेसन वार्डमा उपचार गर्दा गर्दै मृत्यु भएको डा प्रजापतीले बताए। ‘यहाँ आइसीयु र भेन्टिलेटर छ तर जनशक्ति नहुँदा सेवा दिन सकेका छैनौ’ डा प्रजापतीले भने।  

मिस्त्रीको काम गर्दागर्दै मंगलबार घरको छतबाट खसेका ती पुरुषको मेडिकल कलेजमा भर्ना भएको ४ दिन पछि कोरोना पुष्टि भएको थियो। मृतकका आफन्तका अनुसार उपचारकै क्रममा अप्रेसन गर्नु पर्ने भन्दै अस्पतालले स्वाब झिकेर परीक्षणकालागि पठायो। कोराना पोजेटिभ रिर्पोट आएपछि मेडिकल कलेजले उपचारै गर्न नमानेको आफन्तको दावी छ।  

बिरामीलाई भिम अस्पतालले समेत भर्ना नलिएर उपचारमा ढिलाइ हुँदा ज्यान गएको मृतकका भाइ सहित आफन्तको गुनासो छ। ‘डेढ/दुइ घण्टा बिरामीलाइ गेटमा राख्यौं। कम्तीमा भर्ना त लिइदिनुस भन्दा पनि डाक्टरले यस्तो बिरामीको यहाँ उपचार हुन्न अन्त लैजाउ  भने’ मृतकका एकजना आफन्तले भने। भर्ना नलिएर बिरामीलाइ अलपत्र पारेपछि आफुहरुले नै जनरल वार्डमा लगेर बिरामी राखीदिनु परेको उनले बताए।

कोरोना फोकल पर्सन डा प्रजापतीले आइसीयुमा राखेर उपचार गर्नु पर्ने भएकाले बिरामीलाइ तत्कालै भर्ना लिन नसकीएको बताए। ‘बुटवल पठाउने सल्लाह गर्दा गर्दै  जनरल र्वाडको बेडमा सुताएर आफन्त हिडेछन’डा प्रजापतीले भने। उनले बिरामीको तत्कालै उपचार सुरु गरीएको दावी गरेपनि अस्पतालकै एक जना स्वास्थ्यकर्मीले भने बिरामीले उचित उपचार नपाएको बताउँछन।

यहाँ उपचार हुन नसके बुटवल या अन्यत्र पठाइहाल्नु पथ्र्यो तर त्यसो गरिएन, न आफन्त जिम्मेबार देखिए, न मेडिकल कलेज न सरकारी अस्पताल’ती स्वास्थ्यकर्मीले भने। कोरोनाको नाममा बिरामीको उपचारमा खेलवाड भइरहेको उनको भनाइ थियो। डा प्रजापतीले भने बुटवलको कोरोना अस्पताले आइसीयु,भेन्टिलेटर प्याक भएको बताएपछि त्यहाँ नपठाइएको प्रतिक्रिया दिए।

त्यसोत प्रदेश सरकारले भीम अस्पतालाइ आइसीयु र भेन्टिलेटर सेवा सहित कोरोना विशेष अस्पताल भनेर गत जेठ देखि नै प्रचार प्रसार गरीरहेको छ। तर बास्तविकता यहाँ न आइसीयु सेवा छ न भेन्टिलेर। अस्पतालका कोरोना फोकल पर्सन डा प्रजापतीले आइसीयु र भेन्टिलेटरका उपकरण भएपनि जनशक्ति नहुँदा अहिलेसम्म सेवा दिन नसकेको बताए। ‘सुरुदेखि नै जनशक्ति माग गरीरहेका छौ तर  सुनुवाइ नै भएन’ डा प्रजापतीले भने। यसअघि पनी यो अस्पालमा आइसीयु भेन्टिलेटर नहुँदा सुत्केरी सेवा दिनु पर्ने कोरोना संक्रमित बुटवलकी एक गर्भवतीलाइ  नेपालगञ्ज पठाइएको थियो।

प्रदेशका मुख्य मन्त्री शंकर पोख्रेल,सामाजिक विकासमन्त्री सुदर्शन बराल सहित स्वास्थ्य निर्देशनालायका प्रमुख तथा सरकारी अधिकारीहरुले भिम अस्पतालमा आइसीयु र भेन्टिलेर सेवा प्रबाह भइरहेको दाबी गर्न छोड्दैनन। लक्षण सहितका बिरामीको सख्या बढ्दै जाँदा अवश्यक पर्ने सेवा बिस्तारका काम  गर्नुको साटो सेवा सुविधा बिस्तारकालागि अवाज उठाउने चिकित्सक तथा स्वास्थ्यकर्मीहरुकै सरुवा गर्ने काममा प्रदेश सरकार लागेको छ। भिम अस्पतालकै आइसीयु र भेन्टिलेरकालागि जनशक्ति लगायतका बिषयमा आवाज उठाएकाले अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा नबिन दर्नाललाइ पुर्वाग्रही ढंगले सरुवा गरिएको अस्पालकै कर्मचारी तथा स्वास्थ्यकर्मीहरु बताउँछन। भिममा कोभिड १९ को उपचार व्यवस्थापनमा  सुरुदेखि खटेका मेसु दर्नाललाई केहीदिन अघिसरुवा गरी अहिले डा सकुन्तला गुप्तालाइ ल्याइएको छ।  

 

 

प्रकाशित: ९ भाद्र २०७७ ०९:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App