४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

छ जना चिकित्सकमा कोरोना देखिएपछि आकस्मिक बाहेक अस्पतालका सेवा बन्द

कर्णाली प्रदेश अस्पतालमा कार्यरत छ जना डाक्टरहरुमा कोरोना संक्रमण देखिएपछि अनिश्चितकालका लागि अस्पतालको आकस्मिकबाहेका सबै सेवा बन्द गरिएको छ। बुधबार पाँच जना र मंगलबार एक जनामा कोरोना संक्रमण देखिएको थियो।

कोरोना संक्रमणले वीरगन्जमा एक गर्भवतीसहित ३ को मृत्यु

वीरगन्जमा उपचाररत तीन कोरोना संक्रमितको मृत्यु भएको छ। वीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत बाराको हर्दिया घर भएका २३ वर्षीया गर्भवती महिला, वीरगन्ज महानगरपालिका–१४ बहुअरीका ६२ वर्षीय पुरुषर पर्साकै धोबिनी गाउँपालिका ३ का ७२ वर्षीय वृद्धको मृत्यु भएको हो।

पछिल्लो २४ घण्टामा कोरोनाबाट ८ जनाको मृत्यु, मृतकको संख्या १८३ पुग्यो

पछिल्लो २४ घण्टामा कोरोनाका कारण ८ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा ५ महिला छन् भने ३ पुरुष छन्। ललितपुर, बारा, कास्की, बाँके र रुपन्देहीका १/१ जना महिलाको मृत्यु भएको छ भने काठमाडौं, पर्सा र कपिलबस्तुका १/१ पुरुषको मृत्यु भएको छ। अहिलेसम्म जम्मा १८३ जनाको मृत्यु भएको छ।

उपत्यकामा थपिए ३७७ संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकमा ३७७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा २७० जना, भक्तपुरमा ४१ जना र ललितपुरमा ६६ जना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा थपिए ११११ संक्रमित

पछिल्लो २४ घण्टामा ११११ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १२६२९ जनाको पिसिआर परीक्षण गर्दा ११११ जनामा संक्रमण पुष्टि भएको हो।

बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु, जिल्लामा मृतकको संख्या ६ पुग्यो

बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ। नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ निवासी ७० वर्षिया महिलाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो।

बुटवलमा प्लाज्मा थेरापी गरिएकी महिलाको मृत्यु

बुटवलको कोरोना विशेष अस्पतालमा उपचारत एक जना महिलाको आज मृत्यु भएको छ। तिलोत्तमा नगरपालिका २ जानकीनगरकी ७० बर्षे बृद्धाको आज बिहान १० बजेपछि उपचारकै क्रममा मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा सुदर्शन थापाले जानकारी दिए।

मृत्यु भएको ९ दिनपछि कोरोना पुष्टि

कैलाली बर्दगोरिया गाउँपालिका वडा नम्वर ५ का ४९ वर्षिय एक पुरुष साउन ३२ गते मोहन्याल गाउँपालिका वडा नम्वर ३ मा बेहोस भए। उपचारका लागि ल्याउने क्रममा मोहन्यालमै उनको ज्यान गयो।

सामान्य लक्षण भएका कोरोना संक्रमितलाई १४ दिनमा डिस्चार्ज गर्न निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षण नभएका वा सामान्य लक्षण भएका कोरोना संक्रमितलाई १४ दिनभन्दा बढी अस्पतालमा नराख्न निर्देशन दिएको छ। त्यस्ता संक्रमितहरुको १० औं दिनमा पीसीआर टेष्ट गर्ने र पोजेटिभ आए थप चार दिन अस्पताल राखेर पीसीआर परीक्षण नगरी घर पठाउन मन्त्रालयले निर्देशन दिएको हो।

उपत्यकामा थप ३०१ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा ३०१ जना संक्रमित थपिएका छन्। पछिल्लोख २४ घन्टामा काठमाडौँमा २३०, ललितपुरमा ४७ र भक्तपुरमा २४ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा कोरोनाबाट ११ जनाको मृत्यु, मृतकको संख्या १७५ पुग्यो

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ११ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृतकमध्ये दुई जना मोरङ र भक्तपुरका महिला छन्।

थप ८८५ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा ८८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १३ हजार २ सय ५३ जनाको पिसिआर परीक्षण गर्दा ८८५ मा संक्रमण भेटिएको हो।

चिकित्सकसहित छ जनामा कारोना संक्रमण

कर्णालीमा एक चिकित्सकसहित छ जना कोरोना संक्रमित थपिएका छन्। सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार बुधबार कर्णाली प्रदेश अस्पतालमा कार्यरत चिकित्सक र एक कर्मचारीसहित छ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

बाँकेमा कोरोना संक्रमित थप एक युवकको मृत्यु

बाँकेमा कोरोना भाइरस संक्रमित थप एक युवकको मृत्यु भएको छ। नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ निवासी ३७ वर्षिय पुरुषको मंगलबार राती साढे १ बजेतिर मृत्यु भएको हो।

विपन्न संक्रमितलाई ‘अक्सिजन बैंक’

कोरोनाको संक्रमण बढ्दै गएपछि अक्सिजन सहितका आइसोलेसन केन्द्र भरिभराउ हुन थालेको छ। आइसोलेसन केन्द्रमा पहुँचवाला बाहेकलाई अक्सिजनसहितको बेड भेट्टाउन मुस्किल भएपछि संक्रमितहरु घरमै बसेर उपचार गराउन बाध्य छन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्