४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

कोरोना संक्रमणले वीरगन्जमा एक गर्भवतीसहित ३ को मृत्यु

वीरगन्जमा उपचाररत तीन कोरोना संक्रमितको मृत्यु भएको छ। वीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत बाराको हर्दिया घर भएका २३ वर्षीया गर्भवती महिला, वीरगन्ज महानगरपालिका–१४ बहुअरीका ६२ वर्षीय पुरुषर पर्साकै धोबिनी गाउँपालिका ३ का ७२ वर्षीय वृद्धको मृत्यु भएको हो। मृतकहरुमा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले बताए।  

गर्भवती महिलाको बिहीबार बिहान नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको चिकित्सक उदयनारायण सिंहले बताए। उनका अनुसार महिला ३३ हप्ताकी गर्भवती थिइन्। ज्वरो र श्वासप्रश्वासको समस्या देखिएपछि उनका परिवारकाले उनलाई नारायणी अस्पतालमा भर्ना गरेका थिए। अस्पतालका अनुसार उच्च रक्तचापसमेत रहेको ती महिलाको स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो। उपचारकै क्रममा बिहीबार बिहान साढे ६ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ।  

‘उनमा उच्च रक्तचाप र अरु पनि समस्या थियो, अन्तिमसम्म बचाउने प्रयास गर्ने क्रममा पछिल्लो ३६ घण्टादेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो,’ डा. सिंहले भने, ‘अन्तिममा हृदयघातको प्रभावले मृत्यु हुन गयो।’ कोरोना संक्रमणले गर्भवतीको मृत्यु भएको घट्ना नेपालमा पहिलोपटक प्रकाशमा आएको हो। त्यसतै वीरगन्ज–१४ बहुअरीका ६२ वर्षीय पुरुषको बिहीबार बिहान ८ बजेर १० मिनेटमा वीरगन्ज हेल्थ केयर होस्पिटलमा रहेको नारायणी अस्थायी कोरोना अस्पतालमा मृत्यु भएको छ। चिकित्सकका अनुसार उनी मिर्गौलाका रोगी रहेका थिए। नारायणी अस्पतालमैं नियमित डायलसिस गराउँदै आएका थिए।  

गत साउन ३० देखि उनी कोरोना अस्पतालमा भर्ना थिए। त्यस्तै बुधबार साँझ पर्साको धोबनी गाउँपालिका–३ गुलरिया घर भएका ७२ वर्षीय पुरुषको मृत्यु भएको थियो। साँझ कसरब साढे ६ बजे नारायणी अस्पतालमा ७२ वर्षीय वृद्धको उपचारको क्रममा मृत्यु भएको थियो। उनी गत सोमबार उनी यस अस्पतालमा भर्ना भएका थिए। त्यसको अर्को दिन मंगलबार भएको पिसिआर परिक्षणमा कोरोना संक्रमण पुष्टि भएका थियो। उनमा ज्वरो, श्वासप्रश्वासमा समस्या तथा निमोनियका लक्षण देखिएको थियो।

 

प्रकाशित: ११ भाद्र २०७७ १२:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App