१० मंसिर २०८१ सोमबार
image/svg+xml

‘विहे गर्ने भन्दै होटल लगेर दुईजनाले रातभर बलात्कार गरे’

सर्लाहीकी एक किशोरीले आफूमाथि दुईजनाले बलात्कार गरेको बताएकी छिन् । लालबन्दी नगरपालिका–६ निवासी १५ वर्षीया किशोरीले आफूमाथि दुईजनाले बलात्कार गरेको बताएकी हुन् ।

प्रदेश सरकारबाट पाँच सय थान भिटिएम

१ नम्बर प्रदेश सरकारबाट खोटाङलाई पिसिआरका लागि स्वाब संकलन गर्न उपयोग गरिने भिटिएम प्राप्त भएको छ । पिसिआर परिक्षणको दायरा फराकिलो बनाउनुपर्ने आवाज उठिरहेकाबेला सामाजिक विकास मन्त्रालयबाट पिसिआरका लागि स्वाव संकलन गर्नेक्रममा उपयोग गरिने पाँच सय थान भिटिएम प्राप्त भएको हो ।

सेयर बजारमा आज सकारात्मक सर्किट

आजको सेयर बजारमा सकारात्मक सर्किट ब्रेक लागेको छ । कारोबार सुरु भएको ४८ मिनेटमै नेप्से ४ प्रतिशतले बढेपछि सर्किट ब्रेकर लागेर २० मिनेटका लागि कारोबार राेकिएकाे हाे ।

सुदूरपश्चिमका लागि पिसिआर किट हस्तान्तरण

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) कोरिया शाखाले सुदूरपश्चिम प्रदेशका लागि आज पिसीआर किट हस्तान्तरण गरेको छ ।

साझेदारी वनद्वारा पालिकालाई ३८ सय बढी भिटिएम किट

कोरोनाको केन्द्र बनेको कपिलवस्तुमा परीक्षणका दायरा बढाउन ३ साझेदारी वनले ५ पालिकालाई ३ हजार ८ सय ५० थान भिटिएम किट बाडेको छ ।

बैतडीका स्थानीय तह किट खरिद गर्दै

संघीय र प्रदेश सरकारले आरडिटी किट पठाउन छोडेपछि बैतडीका स्थानीय तह आँफैले किट खरिद गर्न थालेका छन्। क्वारेन्टिनमा बसेका नागरिकको कम्तिमा आरडिटी परीक्षण गर्नै पर्ने भएकाले किट किन्ने निर्णय भएको पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दले बताए।

भुल्केमा यसरी नियन्त्रणमा आयो कोरोना

वैशाख ५ गते एकैदिन ११ जमातिमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएसँगै उदयपुरको भुल्के एकाएक चर्चामा आयो । ‘भारतीय धर्मप्रचारहरु लुकेर बसेको’ स्थानीयले रिपोर्ट गरे अनुसार प्रहरी प्रशासनले अनुगमन गर्दा त्रियुगा नगरपालिका ३ भुल्के नुरी मस्जिदमा १२ भारतीयसहित १६ जमाति भेटिएपछि मस्जिदलाई क्वारेन्टिनमा परिणत गरी त्यहीँ राखियो ।

किटको अभावले परीक्षण हुन सकेन

भारतबाट फर्केका नागरिकको कोरोना परीक्षणका लागि जिल्लामा आरडिटी किटको अभाव भएको छ । क्वारेन्टिनमा ५ हजार २१ सय जना बसे पनि बैतडीमा ६ सय ९१ मात्रै आरडिटी किट मौज्दात रहेको स्वास्थ्य कार्यालयका कोभिड–१९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले बताए ।

किसानलाई निःशुल्क किटनाशक औषधि

अमेरिकन फौजी किरा नियन्त्रणका लागि खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा बयक्ताका युवा राजनीतिकर्मी सुवास राईले किसानलाई किटनाशक विषादी वितरण गरेका छन्।

किट अभावमा परीक्षण रोकियो

कर्णालीमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा किट अभावमा परीक्षण प्रभावित बनेको छ । कर्णाली प्रदेश अस्पतालले पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा स्थापना गरेको कोरोना परीक्षण मेसिन दुई दिनदेखि किट अभावमा थन्किएको छ ।

उपत्यकामै किट अभाव

काठमाडौं उपत्यकामै कोरोना परीक्षण गर्न किट अभाव भएको छ । किट अभावमा भक्तपुर अस्पतालले आइतबारदेखि सर्वसाधारणको कोरोना परीक्षण बन्द गरेको जनाएको छ । भक्तपुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मिलन सुवालले दुईतीन दिनदेखि नै अस्पतालमा किट अभाव भएको जानकारी दिए ।

जोखिम बढ्यो, किट छैन

कैलालीको दक्षिण पूर्वी क्षेत्रमा कोरोना परीक्षण गर्न किटको अभाव भएको छ। यही जेठ ९ गते जानकी गाउँपालिकाका तीनजनामा कोरोना भाइरसको पुष्टि भएको थियो। किट अभाव भएका कारण परीक्षणको दायरा बढाउन नसकिएको टीकापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले जानकारी दिए।

तत्काललाई टर्यो किट अभाव

किट अभावले पिसिआर परीक्षणमा ढिलाइ भइरहेका बेला तत्कालका लागि कपिलवस्तुमा किटको अभाव टरेको छ । जिल्लाका आठ पालिकाले आवश्यक भिटिएम किट किन्ने तयारी गरिरहेकै बेला स्वास्थ्य सेवा विभागबाट एकैपटक जिल्लामा तीन हजार किट आएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्