२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

साझेदारी वनद्वारा पालिकालाई ३८ सय बढी भिटिएम किट

कोरोनाको केन्द्र बनेको कपिलवस्तुमा परीक्षणका दायरा बढाउन ३ साझेदारी वनले ५ पालिकालाई ३ हजार ८ सय ५० थान भिटिएम किट बाडेको छ । गौतमबुद्ध डिभिजन वन कार्यालय क्षेत्र अन्र्तगत पर्ने कपिलवस्तु शिवराज र गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिले १५ लाख मुल्यका किट बाडेका हुन । शिवराज कृष्णनगर, महाराजगंज, बुद्धभुमी नगरपालिका र विजयनगर गाउँपालिकालाई किट हस्तान्तरण गरिएको कपिलवस्तु साझेदारी वन समितिका अध्यक्ष गंगेशनाथ तिवारीले बताए ।  

जिल्लाका पालिकामा किट आभाव भएकोले किट खरिद गरी पालिकालाई वितरण गर्ने साझेदारीले संयुक्त निर्णय गरेका थिए । साझेदारी वन व्यवस्थापन समितिको सामाजिक विकास शिर्षकको रकमबाट किट खरिद गरिएको तिवारीले बताए । जिल्लामा पिसिआर जाँचको दायरा बढाउन किट बाडिएको गौतमबुद्ध साझेदारी वनका अध्यक्ष जानकी यादवले बताए । किटको अभाव भएको बेला साझेदारी वनले ठीक सयममा किट उपलब्ध गराएको बुद्धुभ्मी नगरपालिकाका मेयर केशवकुमार श्रैष्ठले बताए । बिपतकोे समयमा बनले किट दिएकोले धेरै नै राहत भएको उनले बताए ।  

गौतमबुद्ध डिभिजन वन कार्यालय कपिलवस्तुका वन अधिकृत दुर्गाबहादुर कार्कीले साझेदारी वनले सामाजिक उत्तरदायित्व अनुसार काम गरेको बताए । शिवराज नगरपालिका, कृष्णनगर नगरपालिका, महाराजगंज नगरपालिका, विजयनगर गाउँपालिकालाई ८ सय ५० का दरले किट वितरण गरिएको छ । त्यस्तै बुद्धभुमी नगरपालिकालाई ४ सय २५ वटा किट हस्तन्तरण गरिएको छ ।

प्रकाशित: ४ असार २०७७ १२:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App