१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

किसानलाई निःशुल्क किटनाशक औषधि

किटनाशक विषादी वितरणपछि किसानका साथमा युवा सुवास राई (सेतो सर्टमा)। तस्बिर: नागरिक

अमेरिकन फौजी किरा नियन्त्रणका लागि खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा बयक्ताका युवा राजनीतिकर्मी सुवास राईले किसानलाई किटनाशक विषादी वितरण गरेका छन्। खेत र बारीमा लगाइएको मकै फौजी किराले सखाप पार्न थालेपछि युवा उद्यमी समेत रहेका राईले बयक्ताका ४५ घर किसानलाई किटनाशक विषादी निःशुल्क वितरण गरेका हुन्। फौजी किरा नियन्त्रणका लागि आवश्यक विषादी किन्न सक्ने आर्थिक अवस्था नभएका किसानलाई ध्यानमा राखेर विषादी खरिद गरेर ल्याएर वितरण गरेको राईले बताए।  

उनले किसानलाई ११ हजार बराबरको नोभा सुपरस्टार र आवस नामको किटनाशक विषादी वितरण गरेका हुन्। नगरपालिकाले उपलव्ध गराएको विषादी सशुल्क खरिद गर्नुपर्ने भएपछि कतिपय किसानले विषादी खरिद गर्न नसकेको पाइएकाले आफैले वितरण गरेको राईले बताए। ‘फौजी किरा नियन्त्रणका लागि नगरपालिकाले पनि विषादी वितरण गरिरहेको छ तर, शुल्क तिर्नुपर्ने भएकाले सबैले त्यो ्रयोग गर्न सक्ने अवस्था छैन,’ कांग्रेस क्षेत्र नम्बर १ का सदस्य रहेका राईले भने, ‘फौजी किरा नियन्त्रणमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको ध्यान पुग्नुपर्छ। यसमा हाम्रो पनि दायित्व छ। त्यही दायित्व स्वरुप किटनाशक विषादि वितरण गरेको हुँ।’ बजारमा किटनाशक विषादीको अभाव भएकाले ४५ घर किसानलाई मात्र वितरण गरिएको बताए। उनले दुई चरणमा विषादी वितरण गरेका हुन्।  

११ वडा रहेको हलेसी तुवाचुङ नगरपालिकाका अधिकांश बेँसी क्षेत्रमा फौजी किराको प्रकोप फैलिएको छ। प्रमुख बालिकारुपमा लगाइएको मकैको बिरुवा फौजी किराले सखाप बनाउँदा उत्पादन घट्ने र भोकमरी लाग्नेमा किसान चिन्तत छन्। गत वर्ष पनि नगरपालिकामा लामो खडेरी र फौजी किराका कारण मकैको उत्पादन शुन्य भएको थियो। 

प्रकाशित: १८ जेष्ठ २०७७ ०४:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App