१० मंसिर २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

किटको अभावले परीक्षण हुन सकेन

भारतबाट फर्केका नागरिकको कोरोना परीक्षणका लागि जिल्लामा आरडिटी किटको अभाव भएको छ । क्वारेन्टिनमा  ५ हजार २१ सय जना बसे पनि बैतडीमा ६ सय ९१ मात्रै आरडिटी किट मौज्दात रहेको स्वास्थ्य कार्यालयका कोभिड–१९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले बताए । सबै स्थानीय तहमा पठाएको समेत उक्त आरडिटी किट र पिसिआर परीक्षण गर्ने भिटिएम किट ४ सय ७  मात्रै रहेको छ ।

क्वारेन्टिनमा अहिले बसिरहेका नागरिक भारतका कोरोनाको प्रभाव उच्च रहेका क्षेत्रबाट फर्केका भए पनि कोरोना परीक्षण नहुँदा जोखिम बढ्दै गएको स्वास्थ्यकर्मी बताउँछन् । क्वारेन्टिनमा बसेकाहरुको आरडिटी परीक्षण मात्र नभइ पिसिआर परीक्षण गर्नु पर्ने स्थानीय बताउँछन् । आरडिटीमा नेगेटिभ रिपोर्ट आएकाहरु पनि पिसिआर परीक्षणमा पोजिटिभ देखिएकाले सकेसम्म पिसिआर परीक्षण गर्नुपर्ने मेलौली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण चन्द बताउँछन् । बैतडीमा हालसम्म दुई हजार ४ सय ५९ जनाको आरडिटी परीक्षण र ५ सय ४५ जनाको पिसिआर परीक्षण गरिएको छ ।

जिल्लामा भारतबाट फर्कनेको संख्या दिनप्रतिदिन बढदै गए पनि परीक्षण गर्ने किट अभावमा समस्या हुने गरेको स्वास्थ्य कार्यालयका प्रमुुख योगेशप्रसाद भट्टले बताए । किटको लागि प्रदेश सरकासँग माग गरिएको उनले बताए ।

प्रकाशित: १८ जेष्ठ २०७७ १४:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App